ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डीआईजी सरुवाबारे रास्वपाको चेतावनी, कांग्रेस महामन्त्री शर्मालाई ढकालको चुनौती


एबीसी न्यूज
श्रावण १३, २०८१ आईतबार  २ : ४४ बजे

 

काठमाडौं १३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाल प्रहरी प्रधान कार्यालयस्थित विशेष ब्युरोका प्रहरी नायब महानिरीक्षक मनोज केसीको सरुवाबारे प्रश्न उठाएको छ।

प्रतिनिधि सभा सांसद हरि ढकालले आइतबारको आकस्मिक समयमा बोल्दै अहिले बनेको नयाँ सत्ता गठबन्धनको बेइमानी लुकाउने केसीको सरुवा गरिएको आरोप लगाए ।

‘एक अब्बल राष्ट्रसेवक कर्मचारी डीआईजी मनोज केसीलाई कसरी सरुवा गरियो? विश्वासको मत लिएको दुई दिनभित्रमा गरियो। किन, के का लागि, हामीले यो गठबन्धन कुन उद्देश्यका लागि बनेको छ भनेका थियौँ, त्यही उद्देश्यका लागि सरुवा गरिएको छ,’ उनले भनेका छन्।

नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन बनेपछि मन्त्रिपरिषद् विस्तारदेखि नै विभिन्न विवादित पृष्ठभूमिका व्यक्तिलाई नियुक्ति दिइएको उनको जिकिर थियो।

‘हामीलाई यो सरकारका उद्देश्य थाहा थियो। अहिले देखिन थालेको छ। अनुसन्धानका वरिपरि रहेका र गरिनुपर्नेलाई मन्त्री पद दिएर पुरस्कृत गरियो,’ उनले भने, ‘गुण्डा नाइके, फिरौती, मानव बेचबिखनको आरोप लागेका मान्छेलाई प्रादेशिक मन्त्रालयको जिम्मेवारी दिइएको छ।’

 

विश्वप्रकाशलाई चुनौती

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले यसअघि गत असार १० गते इन्स्पेक्टर सरुवा गर्ने बेलामा राखेको भनाई स्मरण गर्दै सांसद ढकालले प्रतिप्रश्न गरेका छन्।

‘कांग्रेसका महामन्त्रीज्यूले गत असार १० गते पोस्ट गर्नुभएको थियो, गलत भाष्य सावित गर्नका लागि,’ उनले भने, ‘डीआईजी मनोज केसीको सरुवाको बारेमा तपाईं बोल्न सक्नुहुन्छ? यो सदनमा, सक्नुहुन्न।’

त्यतिबेला संसद्‌बाटै महामन्त्री शर्माले भनेका थिए, ‘सूर्यबहादुर मगर जिल्ला प्रहरी कार्यालय, कास्कीको अपराध अनुसन्धान तथा नियन्त्रण शाखामा कार्यरत थिए। गृहमन्त्रीजी हिजो मालिक रहेको सूर्यदर्शन सहकारी संस्था त्यही कास्कीमा छ। सूर्यबहादुर त्यही छानबिन गर्ने एक इन्स्पेक्टर थिए। उनलाई समय नपुगी हटाइयो। सूर्यबहादुर २०८० भदौ ८ गते हाजिर भएका थिए। उनलाई वैशाख २६ गतेको निर्णयबाट डाँडा कटाइयो र महोत्तरी पुर्‍याइयो। यही रोस्टममा उभिएर प्रहरी चलाउँदैनौं भन्दै हुनुहुन्थ्यो, झूट बोल्नलाई देशको गृहमन्त्रीले रोस्टम प्रयोग गर्न पाउने कि नपाउने?’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पूर्वडीआईजी रञ्जन कोइरालाको बन्दीप्रत्यक्षीकरण रिट खारेज, २० वर्ष कैद सजाय यथावत्

घृणा तथा द्वेष फैलाउने रास्वपा कपिलवस्तुका संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ

सम्बन्धित

पूर्वडीआईजी रञ्जन कोइरालाको बन्दीप्रत्यक्षीकरण रिट खारेज, २० वर्ष कैद सजाय यथावत्

तीन वर्षे ‘रिपोर्ट कार्ड’सहित जनताको अदालतमा विनोद चौधरी

‘देउवा–ओलीसँग भेट्दैमा तरंगित नहुनुहोस्’ : प्रचण्ड, ‘यसपटक कांग्रेस–एमालेसँग सहकार्य हुँदैन’

उपेन्द्र यादवको नयाँ क्षेत्र सप्तरी ३ कति सहज ? प्रतिस्पर्धीको चुनौती कति प्रभावकारी ?

रबि–बालेन ‘अरुले बनाइदिएको गठबन्धन’ भएको कांग्रेसको निष्कर्षः देशभर भण्डाफो गर्ने !

घृणा तथा द्वेष फैलाउने रास्वपा कपिलवस्तुका संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com