ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशभित्र सञ्चालित योजनाको विवरण तयार गर्न निर्देशन


admin
फाल्गुन १५, २०७४ मंगलबार  ७ : १० बजे

पोखरा, १५ फागनु । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश नं ४ भित्रका ११ वटै जिल्लामा सञ्चालित योजनाको पहिचान गरी विवरण तयार गर्न पूर्वाधार विकास समितिलाई निर्देशन दिनुभएको छ ।

पूर्वाधार निर्माण समितिको आजको बैठकमा मुख्यमन्त्री गुरुङले प्रदेशको दीर्घकालीन विकासका योजना तय गर्नाका साथै गौरवका आयोजनाको सम्भाव्यता अध्ययनका लागि भइरहेका योजनाको पहिचान गरिनुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव लालमणि ओझाका अनुसार बैठकमा मुख्यमन्त्री गुरुङले प्रदेशका संरचनालाई सुव्यवस्थित गराउन यहाँका सरकारी जग्गा के कस्तो अवस्थामा छन्, सोको आवश्यक पहिचान गरी आवश्यक सुझाव दिन पनि निर्देशन दिनुभएको थियो ।

प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला र त्यहाँभित्र हुने सेवा तथा सुविधालगायतको व्यवस्थापन, अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि आधार तयार गर्न उहाँले निर्देशन दिनुभयो ।

त्यस्तै प्रदेशभित्र खानेपानी र विद्युत् नपुगेका क्षेत्र पहिचान गरी त्यसका लागि आवश्यक योजना तय गर्न मुख्यमन्त्रीले निर्देशन दिनुभएको थियो ।

पूर्वाधार विकास मन्त्रालयका सचिव भरत अर्यालको संयोजकत्वमा रहेको पूर्वाधार निर्माण समितिको आजको बैठकमा प्रदेश अन्तर्गतका मन्त्रालयका सचिवहरू सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

सम्बन्धित

लुम्बिनीका २६ क्षेत्रमा महिला उम्मेदवार १० प्रतिशतभन्दा कम, रास्वपाको शून्य

प्रचण्डलाई प्रेसर दिने रुकुम पूर्व : ३४ हजार ७७२ मतदाताको वडागत तथ्यांक सार्वजनिक !

बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी : ‘नेपालगञ्जमा ५ जना समर्थक घाइते

बाबुरामको उम्मेदवारी फिर्ता – “यो अब राजनीतिक होइन, बाध्यताको नाटक मात्र हो” (पूर्ण वक्तव्य)

मनाङमा कांग्रेस– एमाले राजनीतिक समझदारी

प्रचण्ड नेतृत्वको नेकपाले गण्डकीमा को–कोलाई उम्मेदवार बनायो (सूची)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com