काठमाडौं ३० असार । कामचलाउ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालले आज बिहान तीनवटा सुरक्षा अंगका प्रमुखलाई आफ्नो निजी निवास खुमलटारमा भेटेर सिमलताल बस दुर्घटनापछिको खोजी कार्य र पछिल्लो अवस्थाको जानकारी लिएका छन् ।
स्थायी सरकारका रूपमा काम गर्न कर्मचारीतन्त्र र सुरक्षा निकायलाई दाहालको आग्रह
साथै उनले सबै उपायहरूको अबलम्बन गरी खोजी कार्यलाई अझै तीव्रता दिन निर्देशनसमेत दिएका छन् । भेटमा प्रधानमन्त्री दाहालले सिमलताललगायत देशभरका दुर्घटनामा जोखिम मोलेर खोज, राहत र उद्धारमा संलग्न सुरक्षाकर्मीलाई धन्यवाद व्यक्त गरेका छन् ।
दाहालले सिमलताललगायत देशका विभिन्न भागमा बाढी, पहिरो, डुबानलगायतका प्राकृतिक विपत्तिको कारण भएको जनधनको क्षतिप्रति दुस्ख व्यक्त गर्दै देशको राजनैतिक परिस्थिति जे जस्तो भएतापनि देशको स्थायी सरकारका रूपमा रहेको कर्मचारीतन्त्र र सुरक्षा निकायले अविचलित र अभिछिन्न जनताको सेवामा लागि पर्न आग्रह गरेका छन् ।








प्रतिक्रिया दिनुहोस्