ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्जेन्टिनाका लागि दशौं अन्तर्राष्ट्रिय फाइनल खेल्दै मेसी, यस्तो छ ९ फाइनल


एबीसी न्यूज

काठमाडौं ३० असार । अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि रक्षाका लागि फाइनलमा कोलम्बियासँग खेल्दैछ । टिमका कप्तानसमेत रहेका अर्जेन्टाइन सुपरस्टार फुटबलर लिओनल मेसीले आफ्नो राष्ट्रिय जर्सी लगाएर अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा दशौं फाइनल खेल्दैछ ।

साविक विजेतासमेत रहेको अर्जेन्टिना लगातार दोस्रो पटक कोपा जित्ने लक्ष्यमा छ । मेसी सम्मिलित अर्जेन्टिनाले सन् २०२१ मा २८ वर्षपछि कोपा अमेरिका जितेको थियो ।

२३ वर्षपछि पहिलो पटक फाइनल पुगेको कोलम्बिया भने दोस्रो पटक कोपा उचालने दाउमा छ । कोलम्बिया यसअघि सन् २००१ मा एकपटक मात्रै कोपा जितेको छ । अर्जेन्टिना र कोलम्बियाबीचको खेल मायामीस्थित हार्ड रक स्टेडियममा नेपाली समय अनुसार सोमबार बिहान ६स्१५ बजे सुरु हुनेछ ।

मेसीले यसअघि अर्जेन्टिनाका लागि फिफा विश्वकप, कोपा अमेरिका, ओलम्पिक, यू(२० विश्वकप गरी ९ पटक फाइनल खेलेका छन् । जसमा ५ पटक उनले फाइनल जितेका छन् भने ४ पटक पराजित भएका छन् । यस्तै उनले फाइनलमा ४ गोल गर्दा ४ असिस्ट समेत गरेका छन् ।

मेसीले यसअघि खेलेको ९ फाइनल कस्ता थिए त्यसबारे सामग्री

यू२० विश्वकप २००५

मेसीले अर्जेन्टिनाको जर्सीमा कुनै पनि प्रतियोगिता खेलेको पहिलो फाइनल सन् २००५ मा थियो । त्यसबेला मेसी सम्मिलित अर्जेन्टिना यू(२० विश्वकपको फाइनल पुगेको थियो ।

नेदरल्याण्ड्समा भएको उक्त प्रतियोगितामा अर्जेन्टिनाले नाइजेरियालाई २(१ ले पराजित गर्दै उपाधि जितेको थियो । अर्जेन्टिनालाई च्याम्पियन बनाउन मेसीले नै फाइनलमा दुवै गोल गरेका थिए । उनले दुई गोल नै पेनाल्टीबाट गरेका थिए ।

उक्त प्रतियोगितामा मेसीले गोल्डेन बुट र गोल्डेन बल दुवै अवार्ड जिते । मेसीले ६ गोल गर्दै सर्वाधिक गोलकर्ताको अवार्ड सँगै उत्कृष्ट खेलाडीको अवार्ड समेत जितेका तिए । त्यतिबेलै मेसीलाई भविष्यको स्टारको रुपमा हेर्न थालिएको थियो । उनले त्यस्तै संकेत देखाएका थिए ।

कोपा अमेरिका २००७

दुई वर्षपछि नै मेसीले अर्जेन्टिनाले सिनियर टिमबाट पहिलो फाइनल खेले । सन् २००७ मा भएको कोपा अमेरिकामा अर्जेन्टिना फाइनलमा ब्राजिल विरुद्ध ३(० ले पराजित भएको थियो ।

उमेर समूहको विश्वकप जितेपछि नै मेसी अर्जेन्टिनाको स्थापित सदस्यको रुपमा टिममा थिए । फाइनलमा ब्राजिलसँग पराजित हुनुअघि अजेन्टिनाले राम्रो प्रदर्शन गरेको थियो र त्यसमा मेसीले उत्कृष्ट भूमिका निभाएका थिए ।

फाइनलमा भने परिचित प्रतिद्वन्द्वी ब्राजिलसँग पराजित हुँदा मेसी सिनियर टिमबाट पहिलो फाइनलमा उपविजेता बने ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com