काठमाडौं ३० असार । काठमाडौँ महानगरपालिका–२९ स्थित ठमेलको एक होटलबाट प्रतिबन्धित लागूऔषध कोकिनसहित एक महिला पक्राउ परेकी छिन्। नेपाल रुपैयाँ २० करोड ३७ लाख बराबर मूल्य पर्ने ५ केजी ८ सय २० ग्राम कोकिनसहित प्रहरीले ४७ वर्षीया मलेसियन नागरिक पक्राउ परेकी हुन्।
काठमाडौँ प्रहरी परिसरले ती महिलालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ।
उनलाई ठमेलको काठमाडौँ सिटी होटलको एउटा कोठाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ६ वटा स्कुल ब्गागमा उक्त कोकिन राखिएको अवस्थामा उनी फेला परेकी थिइन्।








प्रतिक्रिया दिनुहोस्