काठमाडौं २७ असार । नेकपा एकीकृत समाजवादी ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ।
बिहीबार बसेको संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको हो।
नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय भएको जानकारी दिए।
प्रधानमन्त्री दाहालले असार २८ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी छ।
एकीकृत समाजवादीका प्रतिनिधि सभामा १० जना सदस्य छन्।








प्रतिक्रिया दिनुहोस्