ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहकारी ठगी र पासपोर्टबारे रविमाथि छानबिन होस् : मुकुल ढकाल


एबीसी न्यूज

काठमाडौं २६ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका निष्कासित महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेको पार्टपोर्टको विषयमा पनि अब छानबिन समिति बनाउन माग गरेका छन् ।

ढकालले पत्रकार सम्मेलन गर्दै सहकारी ठगीको विषयमा पनि अब पार्टीभित्र पनि उच्चस्तरीय छानबिन समिति बनाउन आवश्यक परेको बताए । उनले पार्टीको जीवनसँग जोडिएकाले अब रविको पासपोर्ट लगायतका विषय पनि टुंगोमा पुग्नुपर्ने बताए ।

उनले सहकारीको विषयमा छानबिन अघि बढाउन सर्वोच्च अदालतले समेत ठहर गरेकोले अब पार्टीभित्रै स्वतन्त्र छानबिन समिति आवश्यक परेको बताए । ुपहिले उहाँले विधि प्रक्रिया नबुझ्दा दुइटा पासपोर्टको समस्यमा पर्नुभयो भनेर मैले साथ दिएँ तर अहिले पार्टीकै भविष्यको चिन्ता भएकाले अब पासपोर्टको विषयमा पनि स्वतन्त्र छानबिन हुनुपर्छ, उनले पत्रकार सम्मेलनमा भने ।

उनले सहकारीको विषयमा विगतमा कुनै जाहेरी र उजुरीको परेको छैन भन्नु भएको थियो तर अब सर्वोच्चबाट समेत छानबिन हुनुपर्छ भन्ने ठहर भइसकेको छ त्यसैले रास्वपाले छुट्टै छानबिन समिति बनाउनुपर्छ ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई रवि लामिछाने क्लबमा परिणत गरिएको आरोप लगाउँदै अब त्यो क्लबबाट पार्टी बनाउन आवश्यक रहेको बताए । आफूलाई राजनीतिक दल ऐनअनुसार स्पष्टीकरणको मौकासमेत नदिई महामन्त्रीबाट निष्कासन गरिएको कुरा कानुनविपरीत रहेको उनले दाबी गरे । उपसभापतिले पदबाट हटाउने अधिकारसमेत नरहेको उल्लेख गर्दै ढकालले उनले वैधानिक रुपमा आफू नै पार्टीको महामन्त्री र प्रवक्ता रहेको दाबी गरे ।

म कानुन अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टीको महामनत्री र प्रवक्ताबाट निलम्बित भएको छैन । रवि लामिछाने क्लबबाट मात्र म निलम्बित र निस्कासित हो, उनले भने, स्पष्टीकरणको मौका नदिइकन निलम्बनको पत्र थम्याउनुभयो । राजनीतिक दलसम्बन्धी ऐन र स्वतन्त्र पार्टीको विधानअनुसार निलम्बन भएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com