ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तेह्रथुममा मुख्यमन्त्री कार्कीलाई कालो झण्डा


एबीसी न्यूज

काठमाडौं २६ असार । तेह्रथुममा पहिचान पक्षधरले कोशी प्रदेशको मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई कालो झण्डा देखाएका छन् । तेह्रथुमको बसन्तपुरबाट म्यालुङ जाने क्रममा बुधबार बिहान जिरिखिम्तीमा कालो झण्डा देखाएका हुन् ।

प्रदेशको नाम पहिचानको आधारमा राख्न माग गर्दै आन्दोलनरत पहिचान पक्षधरले २६ माघ २०८० मा सरकारसँगको सहमतिपछि आन्दोलनको स्वरुप परिवर्तन गरेको थियो ।

नेताहरूको यात्रामा अवरोध नगर्ने सहमति गरेको थियो । तर, बुधबार मुख्यमन्त्री तेह्रथुमको म्याङलुङ जाने क्रममा पुनस् कालो झण्डा देखाएका हुन् ।

मुख्यमन्त्रीलाई कालो झण्डा देखाउने क्रममा प्रहरी र पहिचान पक्षधरबीच सामान्य धकेलाधकेल भएको थियो । पहिचान पक्षधरले पहिचानको आधारमा नाम राख्न माग गर्दै मुख्यमन्त्री कार्कीविरुद्ध प्रदर्शन गरे ।

 

जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार १०(१२ जनाको समूहले मुख्यमन्त्रीलाई कालोझण्डा देखाउन खोजेको थियो । तर, प्रहरीले रोकेको उनले बताए । ‘बसन्तपुरबाट म्याङलुङ आउने क्रममा जिरी बजारमा कालो झण्डा देखाउन खोजिएको थियो,’ उनले भने,‘ प्रहरीले रोक्यो ।’

१७ फागुन २०७९ मा हिक्मतकुमार कार्कीको नेतृत्वमा प्रदेशको नाम कोशी राखिएको थियो । प्रदेशसभामा मतदान गर्दा ९३ सांसद मध्ये ८२ सांसदले कोशीको पक्षमा मतदान गरेका थिए । प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर असन्तुष्ट छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com