ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युरो कपको दोस्रो सेमिफाइनल आज, इङ्‌ग्ल्यान्ड र नेदरल्यान्ड्स भिड्दै


एबीसी न्यूज

काठमाडौं २६ असार । युरो कपको दोस्रो सेमिफाइनलमा आज ९बुधबार० मध्यराति इङ्‌ग्ल्यान्ड र नेदरल्यान्ड्स भिड्दै छन्।

डर्टमुन्डको बीभीबी स्टेडियममा हुने खेल नेपाली समयानुसार राति १२स्४५ बजे सुरु हुनेछ।

यो खेलको विजेताले उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।

 

फ्रान्समाथि पुनरागमन जित, स्पेन युरो कपको फाइनलमा

खेलअघि नेदरल्यान्ड्सका मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानले यो आफूहरूको देशका लागि विशेष रहेको बताए।

उनले भने, ‘हामी सानो देश भए पनि इङ्ग्ल्यान्ड, फ्रान्स र स्पेनसँगै सेमिफाइनलमा पुगेका छौँ। यो हाम्रो लागि गर्वको क्षण हो।’

इङ्ग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले आफूहरूको रणनीति बलसँग खेल्ने रहे पनि विपक्षीलाई रोक्ने प्रयासमा हुने बताए। पछिल्लो तीन खेलमा धेरै गोल गर्न नसकेकाले गोल गर्ने रणनीतिमा हुने उनको भनाइ छ।

समूह डीमा रहेको नेदरल्यान्ड्सले क्वार्टरफाइनमा टर्कीलाई २–१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको हो।

राउन्ड अफ १६ मा रोमानियाविरुद्ध ३–० को फराकिलो जित हासिल गरेको डच टोलीले समूह चरणको पहिलो खेलमा पोल्यान्डलाई २–१ ले हराएको थियो।

दोस्रो खेलमा फ्रान्ससँग गोलरहित बराबरी भएको ऊ समूह चरणको अन्तिम खेलमा अस्ट्रियासँग २–३ ले हारे पनि नकआउट चरणमा पुगेको थियो।

इङ्ग्ल्यान्डले भने क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई टाइब्रेकरमा ५–३ ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो। राउन्ड अफ १६ मा भने स्लोभाकियाविरुद्ध २–१ को जित हासिल गरेको थियो।

समूह सीमा रहेको टोलीले समूह चरणमा सर्वियालाई १–० ले तथा डेनमार्कसँग १–१ को बराबरी खेलेको थियो।

समूह चरणको अन्तिम खेलमा स्लोभाकियासँग गोलरहित बराबरी खेलेको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com