ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ड्युटीमा खटिएका प्रहरीलाई झापड हान्ने अधिवक्तालाई कारबाही गर्न माग


एबीसी न्यूज

काठमाडौं, २६ साउन । काठमाडौं जिल्ला अदालतमा कार्यरत कर्मचारीले ड्युटीमा खटिएको प्रहरीलाई झापड हानेर अभद्र व्यवहार गर्ने अधिवक्तालाई कारबाही गर्न माग गरेका छन्।२३ असार जिल्ला अदालतको गेट नम्बर ३ (अदालतका कर्मचारी र कानुन व्यवसायीहरूको लागि मात्र प्रयोग गर्ने भनी तोकिएको क्षेत्र) मा सुरक्षार्थ ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई कानुन व्यवसायी नानी थापा भन्ने लक्ष्मी थापाले ‘सिपाही भएर बढ्ता बोल्ने’ भन्दै अपशब्द प्रयोग गर्दै झापड हानेको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै कर्मचारीहरूले कारबाहीको माग गरेका हुन्।ड्युटीमा खटिएको राष्ट्रसेवक कर्मचारीप्रति अभद्र व्यवहार गरेको घटनाले अदालतको मर्यादामै प्रहार भएको कर्मचारीहरूको ठहर छ।

न्यायपालिकाजस्तो संवेदनशील क्षेत्रमा दिनरात अहोरात्र खट्ने सुरक्षाकर्मीलाई गालीगलौज गर्दै बर्दीधारी प्रहरीमाथि हातपात गरी उल्टै सो विषयलाई अतिरंजित गरी अदालतमा कार्यरत कर्मचारी र सुरक्षाकर्मीको मनोबल गिराउने र परिस्थितिलाई विषयान्तर गरी तरलता निर्माण गर्ने र धमिलो पानीमा माछा मार्ने गरी विकसित पछिल्ला घटनाक्रमहरूले अदालतको मर्यादामा प्रहार गरेको अनुभव गरेका छौँ,’ काठमाडौं जिल्ला अदालत कर्मचारी परिवारले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

कर्मचारी परिवारले अदालतको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई आफ्नो कर्तव्य पालनाको सिलसिलामा हातपात गरी समग्र कर्मचारी र सुरक्षाकर्मीको मनोबल घटाउने मनसायले गरिएको आपराधिक कार्यप्रति घोर भर्त्सना गरेको छ। ‘यस्तो गल्ती–आपराधिक कार्यमा संलग्न व्यक्तिउपर जाहेरी दरखास्त दर्ता गरी कानुनी कारबाही अघि बढाउन अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै, यस घटना र सोबाट विकसित पछिल्ला घटनाक्रमप्रति संयमता अपनाउन सम्पूर्ण पक्षमा ध्यानाकर्षण गराउन चाहन्छौँ।’

कर्मचारी परिवारले घटनासँग सम्बन्धित सिसिटिभी क्यामेराको फुटेज अध्ययन–अनुसन्धान गरी दोषीउपर कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन पनि माग गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com