काठमाडौं २५ असार । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ताको खेल नबुझेको टिप्पणी गर्नुभएको छ ।नेकपा एमालेसँग सहकार्य गरेर सरकार बनाएयता प्रधानमन्त्री प्रचण्डको नराम्रो दिन सुरु भएको उहाँको जिकिर थियो ।
मङ्गलबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै अध्यक्ष केसीले एमालेप्रति सङ्केत गर्दै बालकोटले प्रधानमन्त्रीलाई अहिलेको परिस्थितिमा पुर्याएको बताउनुभयो ।
‘‘प्रधानमन्त्रीले पुस १० गते जहाँ पुग्नुभयो, त्यही दिनदेखि दशा सुरु भएको थियो । त्यो उहाँले बुझनु भएन । अब यसो भन्दाखेरी नराम्रो लाग्ला । तपाईले चाँही कति पटक बालकोट धाउनु भयो, कति पटक बुढानिलकण्ठ पुग्नु भयो रु यसरी चल्छ राजनीति रु तपाई पाँच वर्ष सरकारमा राख्न संसद भित्रको दोस्रो पार्टी मिसिएको थिएन ।
लाटो खान्छ एक बल्डयाङ, बाठो खान्छ तीन बल्ड्याङ भनेजस्तै तपाईले बल्ल भोग्नु भयो ।,’’ अध्यक्ष केसीले भन्नुभयो, ‘‘तपाईहरुको मन्त्रिमण्डल गठन हुँदै तपाई भन्दा ठूलो पार्टीले अर्थ मन्त्रालय किन लिएन रु गृह मन्त्रालय किन लिएन रु त्यतिबेला म राजनीति नजान्ने मान्छेले पनि अड्कल गरेको थिए –दालका काला हेय । बुढानीलकण्ठ छोडेर बालकोट पुगेको परिणाम अहिले भोगीरहनु भएको छ ।
अब दुई वटा ठुलो पार्टी मिसिएपछि हुनेवाला केही छैन, मुखको तितो मात्रै पोख्ने कुरा हो ।’’
अध्यक्ष केसीले कांग्रेस एमाले सत्ता समीकरणले पनि मुलुकमा केही पनि सुधारको काम नहुने दाबी गर्नुभयो । दुवै दलसँग आफूले लामो समयदेखि संगत गरेकाले उनीहरुले पनि मुलुकको हितमा काम गर्न नसक्ने उहाँले बताउनुभयो ।








प्रतिक्रिया दिनुहोस्