काठमाडौं २५ असार । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले निलम्बित महामन्त्री डा मुकुल ढकाललाई जिम्मेवारीबाट हटाएको छ।
मंगलबार बिहान बसेको पार्टी केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो।
पार्टीको अनुशासन आयोगले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको थियो। तर, केन्द्रीय समिति बैठकले भने साधारण सदस्यता कायम राख्दै महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट मात्र हटाउने निर्णय गरेको एक पदाधिकारीले जानकारी दिए।
त्यस्तै, उनलाई पुनरावेदनका लागि ३५ दिनको समय दिइएको ती पदाधिकारीले बताए।
यसअघि गत बुधबार ९असार १९० सात दिनका लागि ढकाललाई निलम्बन गरेको थियो। पार्टी अनुशासन विपरीतका गतिविधि गरेको र पार्टीका विरुद्धमा लागेको भन्दै ढकाललाई निलम्बन गरिएको थियो।
बुधबारको बैठकमा ढकाल मुखमा मास्क र कालो टेप लगाएर पुगेका थिए। आज ९मंगलबार० को बैठकमा भने उनी उपस्थित भएनन्।
ढकालले एक महिना लगाएर तयार पारेको प्रतिवेदनमा समेटिएका केही विषयहरू सार्वजनिक भएपछि पार्टीभित्रको विवाद छताछुल्ल भएको थियो।
निलम्बित महामन्त्री ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस
उनले पार्टी यही ढंगबाट चले आगामी निर्वाचनमा राष्ट्रिय पार्टी नहुनेदेखि सभापति रवि लामिछाने पार्टीमा एकलौटी ढंगले चलेकोसम्मका आरोप लगाएका थिए।
यसबारे आफूले लेखेको प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक हुनुपर्ने र केन्द्रीय कमिटी बैठक लाइभ प्रत्यक्ष प्रसारण गर्नुपर्ने उनको माग थियो।
ढकालले बैठक लाइभ गर्नुपर्ने भन्दै राखेको मागमा ९० प्रतिशत बढी केन्द्रीय सदस्यले विरोध जनाएका थिए।
त्यसपछि मास्क र कालोटेप लगाएर बैठकमा बसेका ढकालले मिडियामार्फत प्रतिवेदन सार्वजनिक गरेका थिए।








प्रतिक्रिया दिनुहोस्