ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शेरबहादुरजीको इमानमा शंका छैन- एमाले अध्यक्ष ओली


एबीसी न्यूज

काठमाडौं २४ असार । कांग्रेसले दुई दलबीच भएको सहमतिलाई संस्थागत रूपमा स्वागत गर्दै अनुमोदन गरेकामा एमाले संसदीय दलको बैठकले आभार व्यक्त गरेको छ । आइतबार संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाको इमानप्रति आफूलाई कुनै शंका नभएको पनि बताएका छन् ।

ठूलो दलको हैसियतले प्रधानमन्त्री हुन खोजेको आशंका नहोस् भनेरै कांग्रेसले आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गरेर ओलीलाई बुझाइसकेको छ । यसअघिको सरकार निर्माणमा संसदीय दलले सांसद संख्या मात्रै तोकेर निर्णय पठाउने प्रचलन रहेकामा यस पटक सबै सांसदको हस्ताक्षर नै गरेर बुझाइएको हो । एमालेले पनि आइतबार आफ्ना सांसदको हस्ताक्षर संकलन गरेको छ ।

एमाले नेता पदम गिरीका अनुसार बैठकमा अध्यक्ष ओलीले कांग्रेस सभापति देउवा आफूले बोलेका कुरामा अडिग रहने नेता भएको भन्दै कांग्रेसप्रति अविश्वास र शंका नभएको बताएका थिए । ‘पहिलो दुई वर्ष एमालेले सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेसले नेतृत्व गर्ने हो । सहमतिअनुसार अघि बढ्नेमा कुनै विवाद छैन ।

दुई दलबीच भएको सहमतिलाई लिएर खेल्न र भाँड्न खोजिएको छ । दाहालजी ९प्रधानमन्त्री पुष्पकमल दाहाल० यसमा लागिरहनुभएको छ,’ ओलीको भनाइ उद्धृत गर्दै गिरीले भने, ‘राष्ट्रपतिलाई ७६ ९३० मा जानका लागि दबाब दिइरहेका छन् । तर, देउवाजी आफूले बोलेका कुरामा अडिग हुनुहुन्छ । मलाई त्यसमा पूरै विश्वास छ । यसमा तलमाथि हुँदैन ।’

एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले असार १७ मा भएको दुई दलको सहमतिलाई अनुमोदन गर्नुका साथै बैठकले प्रधानमन्त्री दाहाललाई राजीनामा दिएर मार्गप्रशस्त गर्न पुनः आग्रह गरेको पनि बताए ।

‘सरकारको स्थिरता र अहिले देखिएका समस्याको सम्बोधन पनि दुई दल मिल्दा मात्रै सम्भव हुन्छ, देशको हितमा हुन्छ भन्ने निष्कर्ष एमालेको छ,’ बर्तौलाले भने । ओलीले बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पनि कडा आलोचना गरेको स्रोतले बताएको छ । गठबन्धनमै रहेर पुराना दलका नेताहरू सबैको फाइल खोल्छु भन्दै ‘स्टन्टबाजी’मा गृहमन्त्री उत्रिएको ओलीको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com