ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस–एमालेको सम्झौता किन गुपचुप राखिएको- माओवादी सांसद सापकोटा


एबीसी न्यूज

काठमाडौं २३ असार । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोधले गत असार १७ गते मध्यराति नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको सम्झौता गोप्य राख्नु अपारदर्शी र अनैतिकत काम भएको टिप्पणी गरेका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सापकोटाले संसद्ले सुरुकै दिनदेखि नै लय बिराएको बताए।

‘उहाँहरूले यति अपारदर्शी प्रकारको सहमति गर्नुभएको भन्ने हाम्रो निष्कर्ष छ। हामीले यहाँ छलफल गरिरहँदा समेत दुई वटा दलका बीचमा के कस्ता सम्झौता भए बाहिर आएको छैन,’ उनले भने, ‘मध्यरातमा अमुक व्यक्तिका घरमा गरेको सम्झौताभित्र के छरु हामीले देख्न पाएका छैनौँ। यतिका दिनसम्म गुपचुप राख्नुपर्ने कुरा के भयले काम गरेको छरु सबैभन्दा पहिलो अपारदर्शीता, अनैतिकता त्यहाँबाट सुरु भएको छ।’

 

साथै, उनले संसदलाई स्थिर बनाउने भनेर भएको सम्झौतालाई विश्वास गर्न नसकिने पनि बताए।

‘हामीलाई के विश्वास लाग्दैन भने, हामीले अहिले अभ्यास गरिरहेको संसद्को अभ्यासले सबैभन्दासबैभन्दा ठूलो दलले सरकारको नेतृत्व गर्ने र दोस्रो दलले वाचडगको रुपमा प्रमुख प्रतिपक्षीको रुपमा बस्ने। तर, संसदको यो लयले सुरुकै दिनदेखि बिराएको हो,’ उनले भने, ‘दिनभर प्रधानमन्त्रीसँग बसेर नर्क गएपनि स्वर्ग गएपनि सँगै जाऔँला भन्ने, ललितपुरमा ड्राफ्ट गर्न आफ्ना नेतालाई खटाउनेरु यो कहाँको नैतिकता होरु भर्खरै सत्तापक्ष छाडेर प्रतिपक्षमा जानुभएका प्रिय कमरेडहरू, यही हो नैतिकतारु’

उनले एमाले र कांग्रेसले जनतालाई ढाँट्ने काम गरिरहेको पनि बताए। ‘तपाईंहरूले देखाउनुभएको कुराले स्थिरता देखाउँदैन्। लोकलाई ढाँट्ने काम गरिराख्नुभएको छ,’ उनले भने।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com