ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काभ्रेको महाभारतमा एक हजारभन्दा बढी किसान कफी उत्पादनमा, कफी जापान निर्यात


abc tv

काभ्रे । काभ्रेपलाञ्चोकको दक्षिणपूर्वी क्षेत्रमा अवस्थित दुर्गम महाभारत गाउँपालिकाले व्यावसायिक कफी उत्पादनलाई आधुनिकीकरण गर्न थालेको छ । कफी उत्पादनलाई आधुनिक बनाउने उद्देश्यले पालिकाले व्यावसायिक कफी किसानलाई आधुनिक कृषि सामग्री वितरण गरेको हो ।

आधुनिक कृषि प्रविधिसँग जोड्दै थप सहज र उत्पादन वृद्धि गरी कफीखेतीबाट आत्मनिर्भर बनाउने उद्देश्यले व्यावसायिक किसानलाई सामग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए । यो साता कफी किसानलाई ८० पल्पर मेसिन, एक सय कफीराख्ने जाली, एक सय किसानलाई पाँच सय मिटर पार्चमेन्ट जाली, बिन्स बनाउने मेसिन, महिचर मेसिन, डिजिटल तराजु र ह्याण्ड ग्रेडरसहितका सामग्री वितरण गरिएको छ ।

बाँकी किसानलाई आवश्यकताका आधारमा सामग्री वितरण गर्दै जाने अध्यक्ष जिम्बाले बताए । “आधुनिक सामग्रीले कफी खेती तथा उत्पादनमा सहजता हुने अपेक्षा गरेका छौँ”, उनले भने । केही वर्षदेखि स्थानीयको आयआर्जनको माध्यम कफीखेती बन्न थालेपछि पालिकाले बर्सेनि अनुदानमा कफीका बिरुवा वितरण गर्दै आएको छ । गाउँपालिकाका अनुसार एक हजार चार सय ३३ रोपनी जमिनमा कफीखेती भइरहेको छ ।

आर्थिक वर्ष २०७९/८० मा स्थानीय किसानलाई एक लाख कफीका बिरुवा निःशुल्क वितरण गरेको पालिकाले चालु आवमा ९० हजार बिरुवा वितरण गरेको छ । महाभारत–३, ५ र ८ मा नर्सरी स्थापना गरिएको छ । गाउँपालिकामा हाल व्यावसायिक कफी उत्पादन गर्ने किसान एक हजार दुई सयको हाराहारिमा रहेका अध्यक्ष जिम्बाले जानकारी दिए ।

कफी उत्पादनलाई पकेट क्षेत्रका रुपमा विकसित गर्दै हरेका वर्षको नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकतामा राखिएको जिम्बाले बताए । यहाँका किसान परम्परागत मकै, कोदो तथा अन्य खाद्यान बाली छाडेर कफीखेतीमा आकर्षित हुँदै गएका उनको भनाइ छ ।

पालिकाबाट बर्सेनि रु पाँचदेखि १२ लाखसम्मको कफी बिक्री हुने गरेको वडा नं ५ का सुवास जिम्बाले बताए । यहाँ कफी उत्पादन राम्रो हुनुका साथै बजारीकरणको समस्या हट्दै गएकाले किसान यसतर्फ आकर्षित हुँदै गएका उनको भनाइ छ ।

यसैबीच महाभारतका किसानले उत्पादन गरेको कफी जापान निर्यात हुँदै आएको छ । ‘हिमालयन लक्जरी विन्स’ नामक कम्पनीले तीन वर्षदेखि यहाँ उत्पादित कफी जापान निर्यात गर्दै आएको हो ।

बागमती प्रदेश सरकारले ‘एक वडा, एक उत्पादन’ कार्यक्रमअन्तर्गत आगामी आवका लागि महाभारत–५ र खानीखोला गाउँपालिका–२ लाई कफी उत्पादनका लागि छनोट गरेको छ ।

विन्सका सञ्चालक गुणबहादुर लामाले महाभारत क्षेत्रमा उत्पादित कफी स्वादिलो र गुणस्तरीय भएकाले जापानबाट माग हुने गरेको भन्दै निर्यातलाई निरन्तरता दिँदै आएको बताए । “हाल एक हजार पाँच सय केजी जापान पठाउने गरेका छौँ । माग अनुसार थप निर्यात बढाउने तयारीमा छौँ”, उनले भने ।

यहाँ उत्पादित कफीलाई सुरुमा स्थानीयस्तरमा प्रशोधन गर्ने र बनेपास्थित विन्समा ल्याई पूर्णरूपमा प्रशोधन गर्ने गरिएको सञ्चालक लामाले जानकारी दिए । डाँडापारिमा पल्पिङ सेन्टर स्थापनापछि किसानले बोक्रा फालेर प्रशोधनअघि बिक्री गर्दा प्रतिकेजी रु पाँच सयदेखि रु छ सयसम्म पाउने गरेका छन् ।

एक पटक रोपेको बिरुवाबाट पचास वर्षसम्म आम्दानी लिन सकिन्छ । एक रोपनीमा वार्षिक रु २५ देखि ३० हजारसम्म कमाइ हुने गरेको गाउँपालिकाका अध्यक्ष जिम्बाले बताए । महाभारतको आर्थिक समृद्धिको आधार कफीमार्फत गराउने योजना रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com