ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लोकतन्त्र झन् गम्भीर संकटमा पर्‍यो: प्रभु साह


एबीसी न्यूज

काठमाडौं २० असार । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले पार्टीको भातृ संगठन आईटी आर्मीले वैदेशिक रोजगारको नाममा भैरहेको ठगीविरुद्ध जारी राखेको आन्दोलन तत्काललाई स्थगित गर्न निर्देशन दिएका छन्।

आईटी आर्मी विगत १९ दिनदेखि आन्दोलित थियो। आईटी आर्मीले वैदेशिक रोजगार विभाग घेराउ, श्रममन्त्री डीपी अर्यालको पुत्ला दहनसमेत गरिसकेको छ।

पछिल्लो समय कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने र संविधान संशोधन गर्नेलगायत विषयमा सहमति गरेपछि विकसित राजनीतिक परिस्थितिको मूल्यांकन गर्दै आजपाका अध्यक्ष साहले आइटी आर्मीलाई आन्दोलन तत्कालका लागि स्थगन् गर्न निर्देशन दिएका हुन्।

 

आईटी आर्मीका अध्यक्ष सीबी साहले अध्यक्ष प्रभु साहबाट तत्काल आन्दोलन स्थगन् गर्न निर्देशन प्राप्त भएको जानकारी दिए।

उनले अध्यक्ष साहको निर्देशनअनुसार देशको राजनीतिक परिस्थिति नै बदलिएको र लोकतन्त्र झन् गम्भीर संकटमा परेकोले सिंगो पार्टी लोकतन्त्र बचाउको लागि तेस्रो जनआन्दोलनको तयारीमा लाग्नुपर्ने भएकोले अहिलेको आन्दोलन स्थगन् गरिएको हो।

साहले कांग्रेस र एमाले मिलेर सरकार चलाउने र संविधान संशोधनको विषय अघि ल्याउनुले लोकतन्त्रमाथि कालो बादल मडारिएको दाबी गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com