ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रविले देश बनाउने विश्वासमा गलत कुरा पनि मानें, आज सत्य बोल्दा कारबाही भयो-मुकुल ढकाल


एबीसी न्यूज

काठमाडौं २० असार । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका निलम्बित महामन्त्री मुकुल ढकालले जनताको कुरा जस्ताको तस्तै बोल्दा आफूलाई कारबाही भएको बताएका छन् ।

अनुशासन र मर्यादा उल्लंघन गरेको आरोपमा बुधबारको रास्वपाको केन्द्रीय समिति बैठकपछि मुकुललाई महामन्त्री पदबाट निलम्बन गरेको थियो ।

‘जनताको कुरा जस्ताको तस्तै बोलिदिएकोमा आज मलाई कारबाही भएको छ’, मुकुलले सामाजिक सञ्जालमा लेखेका छन् ।

पद गौण हो र जनताका कुरा बोलिदिंदा कारबाही भए पनि बोल्नुपर्छ भन्ने लागेर आफूले बोल्दा कारबाही भोग्नुपरेको उनको भनाइ छ ।

 

उनले लेखेका छन्, ‘जनताको पक्षमा बोल्नुपर्छ, सत्य त्यही हो बुझेकाले सत्यको पक्षमा बोलिदिएँ । बोलेकै आधारमा आज मलाई पार्टीले निलम्बन पत्र थमाएको छ ।’

सभापति रवि लामिछानेले देश बनाउने विश्वासमा उनले गरेका कतिपय कुरा गलत लाग्दालाग्दै पनि मानिदिएको र केही कुरा पार्टीमा लागू गरिदिएको पनि मुकुलले लेखेका छन् ।

‘दुई वर्षदेखि सभापतिको कुरालाई किन गलत भनिनस् भनेर सोधिन्छ । मलाई लाग्यो उहाँले देश बनाउनु हुन्छ, उहाँको कुरा मान्नुपर्छ’ मुकुलले लेखेका छन्, ‘कति कुरा गलत लाग्दालाग्दै मानिदिएँ, केन्द्रीय समितिको बैठकमा केही कुरा पेलेरै लागू गरिदिएँ । पेल्ने मान्छे म थिएँ वा केवल एक पात्रको रूपमा थिएँ र त्यसको पछाडि अरू कोही थियो भन्ने कुरा आज ९बुधबार०को बैठकले छर्लङ्ग पारेको छ ।’

सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग सरकारमा जाने सहमति गरेर आइसकेपछि रविले देश बनाउने विश्वासमा उनलाई साथ दिए पनि सरकारमा पुगेपछिका कुराहरुका कारण शंका उब्जिन थालेको ढकालले लेखेका छन् ।

‘सरकारमा पुगेपछिका कुराहरूका कारण, मलाई शंका लाग्यो– यो मान्छेले देश बनाउँछ वा बनाउँदैन । जनताले जे भने त्यही बोलिदिएँ’ मुकुलले लेखेका छन्, ‘सोचें कुर्सीको न्यानोले छोपेको, गाडीको कालो सिसाहरूले घेरिएको हुनुहुन्छ, सचेत गराउनुपर्छ । मैले सोचें, नेता होइन, राजनेता बनाउनुपर्छ ।’

सरकारमा हुँदा प्रतिवेदनहरु लुकाएको देखेर मिडियाबाजी गर्न बाध्य भएको उनले उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com