ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

थाइल्याण्ड गएर पदक ल्याउने बुद्धिबहादुरको धोको अधुरै


admin

चितवन, ९ साउन । थाइल्याण्डमा १६ देशबीच हुन लागेको तेक्वान्दो प्रतियोगितामा नेपालको नाम राख्ने धोको थियो चितवनको विकट गाउँ कान्दाका एक्लो चेपाङ बुद्धिबहादुरको ।

त्यही लक्ष्य बोकेर उहाँको काठमाडौँमा कडा मेहनतका साथ प्रशिक्षणमा थिए । दुर्भाग्य असार अन्तिम हप्ता प्रशिक्षण कै क्रममा लड्दा आफ्नै जीउले थिचेर उहाँको कुहिनो खुस्कियो । “प्रशिक्षण चलिरहेको थियो, म्याटमा चिप्लिएर लडें,” तेक्वान्दोका अन्तर्राष्ट्रिय प्रशिक्षक अशोक खड्काले भन्नुभयो, “बडो उत्साहका साथ पदक ल्याउँछु भन्दै थियो, सबै सपना चकनाचुर भयो ।” उहाँले थाइल्याण्डमा खेल्न नसक्ने भए पनि अब अर्काे दुई महिनापछि मलेसियामा हुने खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पठाउने योजना रहेको बताउनुभयो । चार हप्ता आराम गरेपछि भने उहाँको चोट निको हुने चिकित्सकलाई उद्धृत गर्दै खड्काले बताउनुभयो । देब्रे हातमा चोट लागेका उहाँ अहिले आराम गरिरहनु भएको छ ।

उहाँसँगै मलेसियामा हुने खेलमा थप दुईजना चेपाङ खेलाडी पठाउने योजना रहेको गाउँमै पुगेर चेपाङलाई प्रशिक्षण गराउँदै आउनुभएको सुमन दाहालले बताउनुभयो । “ठीक भएसी फेरि खेल्छु,” बुद्धि बहादुरले भनेँ । पहिले ३२ केजीको थिएँ । विभिन्न अभ्यास गराएर बुद्धिबहादुरको दुई केजी तौल घटाइयो । अनि बल्ल खेलमा सहभागी हुने मौका मिलेको उहाँका लागि चोट दुर्भाग्य बनेर आयो ।

r]kfªsf] ;kgf cw’/}
;fpg t];|f] ;ftf yfONof08df x’g nfu]sf] cGt/f{li6«o t]SjfGbf] k|ltof]lutfdf ;xefuL x’gsf nflu k|lzIf0f lnFb} u/]sf lrtjgsf a’l4axfb’/ r]kfª s’lxgf]df nfu]sf] rf]6sf sf/0f ;xefuL gx’g] ePsf 5g . tl:a/M gf/fo0f 9’+ufgf, /Tggu/,-lrtjg_, /f;;

जंगलमा घाँस दाउरा गर्ने, गिठ्ठा, भ्याकुर र जंगली च्याउ खोज्ने अनि खाने चलन चितवनको विकट चेपाङ गाउँमा अझै छ । त्यही संस्कारबाट हुर्किएका हुन् चितवनको विकट कान्दाका १३ वर्षीय बुद्धिबहादुर । पछिल्लो समयमा उक्त गाउँमा लक्ष्मी प्रतिष्ठानले एउटा अभियान नै चलाएपछि उनीहरुको जीवनमा परिवर्तन हुन थाल्यो । फलतः अहिले उहाँ कक्षा ६ मा पढ्ने भए । त्यतिमात्रै होइन उहाँ होनहार तेक्वान्दो खेलाडी बनेर उदाउँदै हुनुहुन्थ्यो । साउन महिनाको २० देखि २४ गते थाइल्याण्डको बैंककमा हुने ‘थर्ड हिरोज इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिप’मा जाने नेपालका नौमध्ये उहाँ एक्ला चेपाङ हुनुहुन्थ्यो ।

यसअघि उहाँले भन्नुभएको थियो, “थाइल्याण्डमा गेम खेल्ने, नेपालको, चेपाङको र प्रतिष्ठानको नाम राख्ने ।” केही न केही पदक ल्याउने योजनाका साथ काठमाडौँमा रहेको नेप्लीज तेक्वान्दो एकडेमीमा सिक्न जानुभएको थियो । चोटका कारण थाइल्याण्डमा त सहभागी नहुने हुनुभयो । तर अरु खेलमा भने सहभागी गराउने प्रतिष्ठानका कृष्ण गौतमले बताउनुभयो ।

केही वर्ष अघिसम्म जंगली गिठ्ठा खोजेर नल्याए बेलुकी भोकै सुत्नु पथ्र्याे उहाँको गाउँमा । तर अहिले यस्तो अवस्थाका अति सीमान्तकृत जाति चेपाङ विदेशमा खेल्ने मौका पाउनु नेपालकै गौरवको कुरा भएको प्रतिष्ठानका अध्यक्ष विष्णु गौतम बताउनुभयो । उहाँलाई प्रशिक्षण दिन अन्तर्राष्ट्रिय प्रशिक्षक अशोक खड्का लगायतको समूह सक्रिय छन् । “बुद्धिबहादुर निकै टाठो छन्,” प्रशिक्षक खड्काले भन्नुभयो, “अलिकति प्राविधिक समस्या देखिएको छ, हामी सिकाउँदै छौँ ।” खड्काका अनुसार बुद्धिले विदेश गएर राम्रै प्रस्तुति देखाउँछ भन्ने विश्वास प्रशिक्षकहरुलाई छ ।

कान्दा डोजाङमा आबद्ध बुद्धिबहादुरसँगै अहिले ६० जना चेपाङ तथा तामाङले तेक्वान्दो सिक्दै छन् । उनीहरुबाट थाइल्याण्डमा हुने प्रतिस्पर्धामा बुद्धिबहादुर छनोट भएका हुन् । अन्तर्राष्ट्रिय प्रशिक्षक अशोक खड्काका चेला हुन् सुमन दाहाल । दाहालकै सम्पर्कबाट एकेडेमीमार्फत नै बुद्धिबहादुर थाइल्याण्डमा १६ देशका खेलाडीसँग ३० केजी उमेर समूहको भिडन्तमा सहभागी हुन लागेका थिए । आठ महिनादेखि तेक्वान्दो सिक्दै आएका उहाँ छोटो समयमै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा छनोट हुनु महत्वपूर्ण हो ।

कान्दामा चेपाङसहित ६० जना तेक्वान्दो सिक्दै 

विकट कान्दाका ६० जना बालबालिका तेक्वान्दो सिक्दै छन् । उनीहरुमध्ये अधिकांश चेपाङ छन् । केही तामाङ र गुरुङ छन् ।

लोथर गाविसको विकट गाउँ कान्दामा स्थापना भएको कुमार बलराम स्मृति छात्राबासमा बसेर उनीहरु खेल खेल्छन् र अध्ययन गर्छन् ।

विषालु च्याउ खाएर एकै परिवारका आठ जनाको मृत्यु भएपछि लक्ष्मी प्रतिष्ठानले कान्दा रुपान्तरण अभियान शुरु गरेको हो । प्रतिष्ठानका अध्यक्ष विष्णु गौतमले आफ्ना छोरा कुमार र बलराम गौतमको सवारी दुर्घटनामा निधन भएपछि उनीहरुको सम्झनामा यहाँ कान्दा रुपान्तरण अभियान थाल्नुभएको थियो ।

यसपटक जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा मनिशा, सन्तबहादुर चेपाङ तथा विनोद मोक्रा तेस्रो हुन सफल भए । प्रतिष्ठानले यहाँ अहिले चेपाङको घर निर्माण, खाना व्यवस्थापन, आयआर्जन तथा उनीहरुको सामाजिक सचेतनामा अभियान चलाउँदै आएको छ । यहाँ नमूना छात्राबास निर्माण गरेर गाउँका १२३ बालबालिका नियमित स्कूल जान थालेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com