ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पको पक्षमा अमेरिकी सर्वोच्च अदालतको निर्णय


abc tv
असार १८, २०८१ मंगलबार  २ : १२ बजे

काठमाडौं । अमेरिकी सर्वोच्च अदालतले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको एक मुद्दामा उनको पक्षमा निर्णय सुनाएको छ ।

जो बाइडेन विरुद्धको चुनावी प्रतिस्पर्धाको बेला ट्रम्पका समर्थकहरूको भिडले संसद् भवनमा घुसेर तोडफोड गरेको मुद्दामा सर्वोच्चले ट्रम्पको पक्षमा निर्णय सुनाएको हो । चुनावको परिणाम उल्टाउन ट्रम्पले आफ्ना समर्थकलाई उकासेर तोडफोडमा उतारेको आरोप सरकारले लगाएको थियो ।

तर आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा पुनः बाइडेनविरुद्ध प्रतिस्पर्धामा उत्रिएका ट्रम्पकै पक्षमा सर्वोच्चले निर्णय सुनाएपछि उनलाई राहत मिलेको र बाइडेनलाई ठूलो झट्का लागेको न्यूयोर्क टाइम्सले जनाएको छ ।

संसद् भवनमा भएको तोडफोडको विषयमा आपराधिक मामिलामा मुद्दा नचलाउन अनुरोध गर्दै ट्रम्पले वासिङ्गटनको तल्लो तहको एक अदालतमा अपिल गरेका थिए । तर उक्त अपिल अदालतले खारेज गरिदिएको थियो । यद्यपि तल्लो तहको अदालतको सो निर्णयलाई सर्वोच्च अदालतले खारेज गरिदिएको बीबीसीले जनाएको छ ।

यस सम्बन्धी मुद्दा सर्वोच्च अदालतले ट्रायल कोर्टमा फर्काइदिएको छ । अब ट्रायल कोर्टमा राष्ट्रपति निर्वाचनपछि सुनुवाइ हुनेछ । यदि ट्रम्पले चुनाव जितेमा यो मुद्दालाई आफ्नो शक्ति प्रयोग गरेर खारेज गरिदिन सक्छन् । त्यसैले सर्वोच्चको निर्णयपछि उक्त मुद्दामा ट्रम्पले राहत पाउने लगभग निश्चित भएको छ ।

बहुमतको आधारमा निर्णय

सर्वोच्चको यो निर्णय न्यायाधीशहरूको बहुमतको आधारमा गरिएको बीबीसीले जनाएको छ । ट्रम्पको पक्षमा ६ र विपक्षमा ३ न्यायाधीश थिए । विपक्षमा रहेका न्यायाधीशहरू बाइडेन प्रशासनमा नियुक्त भएका थिए । उनीहरूले पक्षमा रहेका साथीहरूले ट्रम्पलाई कानुनभन्दा पनि माथि राखेको टिप्पणी गरेका छन् ।

डोनाल्ड ट्रम्पले सर्वोच्चको निर्णयलाई संविधान र लोकतन्त्रको जित भएको बताएका छन् ।

ट्रम्पको पक्षमा आएको सर्वोच्चको निर्णयलाई ठूलो जितको रूपमा हेरिएको छ । किनकि सारा मिडियाको ध्यान चुनाव आउनु केही महिना अगाडिदेखि उनैप्रति केन्द्रित भएको छ ।

यसैबीच ट्रम्पले अनैतिक सम्बन्धलाई लुकाउन पोर्नस्टार स्टोर्मी डेनिल्सलाई रकम दिएर दबाबमा राखेको सम्बन्धी मुद्दामा यही जुलाई ११ मा अदालतले सजाय सुनाउँदै छ । राष्ट्रपति पदमा भएका बेला गरेको निर्णयमा अदालतले छुट दिए पनि राष्ट्रपति पदमा नभएको बेला गरेका निर्णयमा भने उनले छुट नपाउने कानुन व्यवसायीहरू बताउँछन् ।

पोर्नस्टार डेनिल्सका अनुसार उनी र ट्रम्पबीच शारीरिक सम्पर्क भएको थियो । त्यस घटना सार्वजनिक भए राष्ट्रपति निर्वाचनको बेला विवादमा फसिने भयले ट्रम्पले आफ्ना वकिलमार्फत डेनिल्सलाई १ लाख ३० हजार डलर दिएको उनले बताएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

अमेरिकी एफ–३५ लडाकु विमानको आपतकालीन अवतरण, चालकको अवस्था स्थीर

आज पश्चिम र भोलि पूर्वी क्षेत्रमा हावाहुरीसहित भारी वर्षाको सम्भावना, सचेत रहन सरकारको आग्रह

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयसहितको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

प्रतिनिधिसभा सदस्य निर्वाचनमा साढे ३ अर्ब बढी खर्च

प्रधानमन्त्रीमा शाहको शपथ मिति तय

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com