ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायलद्वारा गाजाका अस्पताल प्रमुखसहित ५० भन्दा बढी प्यालेष्टिनी बन्दी रिहा


एबीसी न्यूज

काठमाडौं १८ असार । इजरायलले गाजाको सबैभन्दा ठूलो अस्पतालको प्रमुखसहित ५० भन्दा बढी बन्दीलाई रिहा गरेको छ । सात महिनाभन्दा लामो समयदेखि हिरासतमा रहेका अस्पतालका निर्देशक मोहम्मद अब् साल्मियासहित दर्जनौं प्यालेस्टिनी कैदीहरू सोमबार उपचारका लागि इजरायली सेनाले घेराबन्दी गरिएको गाजा क्षेत्रमा फर्केका हुन् ।

उहाँको रिहाइको पुष्टि इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन गवीर र गाजाको एक चिकित्सा स्रोतले सामाजिक सञ्जालमा गरेका छन् । सात महिनाभन्दा बढी हिरासतबाट मुक्त भएपछि उहाँले सोमबार आफूलाई इजरायलले ‘यातना’ दिएको बताउनुभयो ।

एक इजरायली मन्त्री र घेराबन्दी गरिएको क्षेत्रका चिकित्सा स्रोतका अनुसार अल–शिफाका अस्पताल निर्देशक साल्मिया ५० भन्दा बढी प्यालेस्टिनीमध्ये रिहा भई उपचारका लागि गाजा फर्किएका हुन् ।

निर्देशक साल्मियाले आफ्नो नजरबन्दको क्रममा ‘गम्भीर यातना’ दिइएको बताउँदै यातनाले गर्दा आफ्नो औँला भाँचिएको जानकारी गराउनुभयो ।

कैदीहरूलाई धेरै यातना दिइने बताउदै ‘धेरै कैदीले खाना र औषधिबाट वञ्चित रहनुपरेको र उनीहरूको मृत्युसमेत हुने गरेको’ उहाँले पत्रकार सम्मेलनमा उल्लेख गर्नुभयो । दुई महिनासम्म कुनै पनि कैदीलाई दिनको एक रोटीभन्दा बढी खान नदिएको बताउदै साल्मियाले कैदीलाई शारीरिक र मनोवैज्ञानिक अपमान गरिएको उल्लेख गर्नुभयो ।

इजरायली सेनाले अल–शिफामा छापा मारी साल्मियालगायत सयौँलाई नोभेम्बरमा हिरासतमा लिइएको थियो । अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको आक्रमणपछि इजरायलले गाजामा जवाफी आक्रमण गर्दा उहाँले काम गरेको अस्पताल लगातार छापा मारेर भग्नावशेषमा परिणत भएको छ ।

साल्मिया र अन्य मुक्त कैदीहरू खान युनिसको पूर्वमा इजरायलबाट गाजा फर्किएको देइर अल–बलाहको अल अक्सा अस्पतालको चिकित्सा स्रोतले बताएको छ ।

पाँच जनालाई अल–अक्सा अस्पतालमा भर्ना गरिएको छ भने अन्यलाई खान युनूसको अस्पतालमा पठाइएको स्रोतले जनाएको छ ।

इजरायलले हमासलाई गाजा पट्टीका अस्पतालहरूलाई सैन्य अपरेसन र पूर्वाधारका लागि आवरणको रूपमा प्रयोग गरेको आरोप लगाएको छ भने यस क्षेत्रलाई चलाउँदै आएको हमास समूह र अस्पताल प्रशासनले आरोपको खण्डन गर्दै आएका छन् ।

मे महिनामा प्यालेस्टिनी अधिकार समूहले अल–सिफा शल्यचिकित्सकलाई हिरासतमा लिएपछि इजरायली जेलमा मृत्यु भएको बताएका थिए । इजरायली सेनाले मृत्युको बारेमा थाहा नभएको बताएको छ ।

युद्ध हमासको अक्टोबर ७ को आक्रमणबाट सुरु भएको थियो जसमा करिब एक हजार दुई सय व्यक्तिको मृत्यु भएको थियो ।हमासको नियन्त्रण क्षेत्र गाजास्थित स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार इजरायलको जवाफी कारबाहीमा हालसम्म अधिकांश नागरिकसहित कम्तीमा ३७ हजार ८७७ जनाको मृत्यु भएको छ । राससरएएफपी

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com