काठमाडौं १८ असार । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बोलाएको छ । बैठक बिहान ९ बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्नेछ ।
एमालेसँग भएको गठबन्धनका लागि भएको समझदारीलाई अनुमोदन गर्न बैठक बोलाइएको पार्टी प्रवक्ता डा।प्रकाशशरण महतले जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूलाई उपस्थितिका लागि निर्देशन जारी गरिएको छ ।
यसअघि आज बिहान कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसेको थियो । बैठकमा सभापति शेरबहादुर देउवाले एमालेसँग भएको समझदारीबारे जानकारी गराएका थिए ।








प्रतिक्रिया दिनुहोस्