काठमाडौं १७ असार । सुन तस्करी गर्ने समूहले ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर झण्डै ३२ क्विन्टल सुन तस्करी गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गरेको अनुसन्धानका क्रममा ब्रेक सुमा लुकाएर ३६२।७७८ केजी र अरु इलेक्ट्रोनिक सामानमा लुकाएर २ हजार ८३१।८९ केजी सुन तस्करी गरेको खुलेको हो । यसको हालको मूल्य ३० अर्ब ८२ करोड २२ लाखभन्दा बढी पर्छ ।
२ साउन २०८० मा ब्रेक सुमा लुकाएर ल्याएको ६० किलोभन्दा बढी सुन विमानस्थलमा बरामद भएको थियो ।








प्रतिक्रिया दिनुहोस्