काठमाडौं १४ असार । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ।।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभामा उत्पत्ति भएको राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधी० सम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०७९ माथी छलफल गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यचूची छ।
त्यस्तै संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधी० सम्बन्धी पहिलो संशोधन विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव पनि बैठकमा प्रधानमन्त्री प्रस्तुत गर्नेछन्।
त्यसैगरी आजको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले जलस्रोत विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने र जलस्रोत विधेयक, २०८१ प्रस्तुत गर्ने पनि कार्यसूची छ।








प्रतिक्रिया दिनुहोस्