ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सङक्रमणकालीन न्याय टुङ्गो लगाउन कार्यदल गठन गर्ने निर्णय


एबीसी न्यूज

काठमाडौं १४ असार । संसद्मा विचाराधीन सङक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई अन्तिम रूप दिन प्रमुख दलहरूले कार्यदल गठन गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको तीन दलका नेताको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप अयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक टुङ्गो लगाउन कार्यदल गठन गर्ने सहमति गरेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी ९एमाले० का अध्यक्ष केपी शर्मा ओली र दोस्रो तहका अन्य नेता हुनुहुन्थ्यो ।

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सङक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति कायम गर्न कांग्रेस, एमाले र माओवादीबाट एकरएक जना सहभागी हुने गरी कार्यदल गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो । “प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली, कांग्रेस सभापति देउवासहित सबैको एउटै आवाज सङक्रमणकालीन न्याय तत्काल टुङ्गो लगाएर जानु पर्छ भन्ने धारणा थियो । टिआरसी टुङ्गो लगाउन सहमति गरेर जानु पर्छ भन्नेमा एकमत रह्यो,” उहाँले भन्नुभयो । उहाँका अनुसार सङक्रमणकालीन न्याय टुङ्गो लगाउन तीन पार्टीबाट एकरएक जना रहने गरी कार्यदल गठन गर्ने र कार्यदलले गृहकार्य गरेर प्रस्ताव तयार गर्ने छ । त्यसपछि शीर्ष नेतृत्वलाई ब्रिफिङ गर्ने समझदारी भएको छ । कार्यदलमा रहने नेताको नाम आआफ्नो पार्टीमा सल्लाह गरेर दिने निर्णय भएको छ ।

सङ्क्रमणकालीन न्याय टुङ्गो लगाउने विषयमा सबै शीर्ष नेता एक ठाउँमा उभिएकाले समझदारी बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले टिआरसी विधेयक कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको बताउनुभयो । “शान्ति प्रक्रियाको बाँकी काम छिटो सम्पन्न गर्न मुख्य दलका नेताहरू जिम्मेवारपूर्वक लाग्ने र शान्ति प्रक्रिया पूरा गर्ने सहमति भयो,” उहाँले भन्नुभयो, “तीन दलका नेतालाई गृहकार्य गरेर छिटोभन्दा छिटो टुङ्गो लगाउन भनिएको छ ।” उहाँले संसदीय समितिमा रहेको टिआरसी विधेयकका धेरै बुँदामा सहमति भइसकेको तर चार बुँदामा मात्रै सहमति हुन नसकेको जिकिर गर्नुभयो । जसमा मानव अधिकारको गम्भीर उल्लङ्घनमा समावेश गरिएको स्वेच्छाचारी रूपमा क्रूरतापूर्वक ९आर्बिटरी० गरिएको हत्या र दोहोरो भिडन्तबाहेक गरिएको हत्यामध्ये कुनलाई समावेश गर्ने भन्ने विषय, सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्तिलाई कसरी सम्बोधन गर्ने भन्ने विषय, मानव अधिकारको उल्लङ्घनका घटनामा मेलमिलापका लागि पीडितको स्वतन्त्र सहमति के गर्ने भन्ने विषय र घटी सजायका सम्बन्धमा आधार कारण खुलाएर सजाय कम गर्न प्रतिशत नै तोकेर जाने भन्ने विषय रहेका छन् । ती चार बुँदामा सहमतिको विन्दु खोज्न कार्यदलका नेतालाई जिम्मा दिएको मन्त्री गिरीले प्रस्ट पार्नुभयो ।

वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले प्रधानमन्त्रीसहित शीर्ष नेताहरू सङक्रमणकालीन न्याय टुङ्गो लगाएर जानेमा एकमत देखिएको जानकारी दिनुभयो । उहाँले तीन दलबाट एकरएक जना संसद् र कानुनी पाटो बुझेका नेता राखेर प्रस्ताव तयार गर्न जिम्मा दिने निर्णय भएको बताउनुभयो । यसरी बनाएको कार्यलाई हप्ता दिनको समय दिएर प्रस्ताव तयार निर्देशन दिएको छ ।

बालुवाटार बैठकमा एमालेबाट अध्यक्ष ओलीसहित उपमहासचिव प्रदीपकुमार ज्ञवाली, स्थायी समिति सदस्य अग्नि खरेल, प्रमुख सचेतक महेश बर्तौला, र कानुनमन्त्री गिरी रहनुभएको थियो । कांग्रेसबाट सभापति देउवा, नेता कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक रमेश लेखक र माओवादीबाट दोस्रो तहका नेतामा शर्मासहित सांसद पूर्ण घर्ती रहनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com