काठमाडौं १२ असार । लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा चारजनाको मृत्यु भएको छ।
पहिराले तीनवटा घर पुरिँदा बेपत्ता भएकाहरू मृत फेला परेका हुन्। पहिरामा पुरिएका ६७ वर्षीय रुद्रमान गुरुङ, उनका बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनीहरू ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको स्थानीय चित्र घलेले बताए।
उनका अनुसार प्रहरी र स्थानीयले भग्नावशेषबाट चार जनाको शव निकालेका हुन्। रासस








प्रतिक्रिया दिनुहोस्