ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बंगलादेशलाई हराउँदै अफगानिस्तान विश्वकपको सेमिफाइनलमा


एबीसी न्यूज
असार ११, २०८१ मंगलबार  ११ : ३१ बजे

काठमाडौं ११ असार । सुपर ८ को अन्तिम खेलमा बंगलादेशलाई डीएलएस मेथडमा ८ रनले हराउँदै अफगानिस्तान आईसीसी टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

अफगानिस्तानको जितसँगै अस्ट्रेलिया विश्वकपको सुपर ८ बाटै बाहिरिएको छ। अस्ट्रेलिया २ अंकमा तालिकाको तेस्रो स्थानमा छ। सुपर ८ मा बंगलादेश भने जितविहीन रह्यो।

अफगानिस्तानले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बंगालदेशले १७।५ ओभरमा १ सय ५ रन बनाउँदा अलआउट भयो। वर्षाका कारण बीचमै खेल रोकिएपछि १ ओभर घटाइएको थियो। बंगलादेशका ओपनर लिटोन दास ५४ रनमा नटआउट रहे। उनले ४९ बलमा ५ चौका र १ छक्का हाने। तोहिड ह्दोयले १४ र सौम्य सरकारले १० रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

 

अफगानिस्तानका रासिद खान र नविन उल हकले समान ४ विकेट लिए। फजहक फारुकी र गुलाबीदिन नैवले समान १ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय १५ रनको योगफल तयार पारेको थियो।

ओपनर रहमुल्लाह गुरवाजले बनाएको ४३ रन नै अफगानिस्तानका लागि सर्वाधिक रह्यो। उनले ५५ बलमा ३ चौका र १ छक्का हाने।

अर्का ओपनर इब्राहिम जड्रानले २९ बलमा १ चौका सहयोगमा १८ रन बनाए।

कप्तान रासिद खान १९ र करिम जनत ७ रनमा नटआउट रहे।

अज्मतुल्लाह ओमरजाइले १० रन थपे।  बंगलादेशका लागि रिसद होसैनले ३ विकेट लिए। मुस्तफिजुर रहमान र ताक्सिन अहमदले समान १ विकेट लिए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com