ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जीबीलाई भगाउन लोकेसन पत्ता लाग्यो भनेर स्टन्टबाजी -विश्वप्रकाश


एबीसी न्यूज

काठमाडौं ९ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईलाई भगाउन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ‘स्टन्टबाजी’ गरेको आरोप लगाएको छ।

आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले लोकेसन पत्ता लगाइसक्यो भनेर जीबीलाई भगाउन माइकबाट फुकेको होरु भन्दै प्रश्न गरे।

‘लोकेसन पत्ता लगाइसक्यो भनेको जीबी राईलाई के भगाउनका लागि हो माइकबाट फुकेर लोकेसन पत्ता लाग्यो रे भनेर स्टन्टबाजी गर्नेरु कि सरकार चाँडै जीबी राईलाई हाजिर गराउँदैछ,’ उनले भने।

 

साथै, उनले सुर्यदर्शन सहकारीका पीडितहरू सर्वोच्च अदालतको बहस सुन्न आउँदा प्रहरीले रोकिदिएकोप्रति आपत्ति जनाए।

‘सुर्यदर्शन सहकारीका पीडितहरू सम्मानित सर्वोच्च अदालतको बहस सुन्न पोखराबाट काठमाडौँ आएका थिए। अदालतले ५ जनालाई पास पनि दियो। तर प्रहरीले गेटमा रोकिदियो। प्रचलन के छ भने, आफ्नो मुद्दासँग सम्बन्धित पीडितले अदालतमा बहस सुन्न चाहँदा अदालतले पास दियो भने सुन्न पाउनुपर्छ,’ उनले भने।

महामन्त्री शर्माले गृहमन्त्री लामिछानेले जेठ ६ गते संसद्को रोष्ट्रमबाटै झुटो बोलेको बताए।

‘गृहमन्त्रीजीले जेठ ६ गते यो रोस्ट्रममा उभिएर भन्नुभएको थियो, पहिले पहिले मन्त्रीले अनुसन्धान गर्थे अब प्रहरीले गर्छ। अनि अनुसन्धान गरिरहेका प्रहरीलाई पहिले पहिले सरुवा गरिँदैन। उहाँले ठाडै झुट बोल्नुभएको थियो,’ शर्माले दाबी गरे।

उनले मलेसियाबाट कुनैपनि अभियुक्तलाई पक्राउ गरी ल्याउन कुनै सुपर्दगी सन्धी नचाहिने पनि दाबी गरेका छन्।

कुनै फरार अभियुक्त मलेसियामा रहेको शंका लागेमा सम्बन्धित देशको कुटनीतिक प्रतिनिधिले सुपर्दगी माग गर्न सकिने व्यवस्था रहेको पनि उनले प्रतिनिधिसभा बैठकमा सुनाए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com