ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधान संशोधन गर्न आवश्यक – प्रकाशशरण महत


एबीसी न्यूज

काठमाडौं ६ असार । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संविधान संशोधन गर्न आवश्यक रहेको बताउनुभएको छ । बिहीबार काठमाडौँमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले पार्टी सभापति शेरबहादुर देउवाले अधिवेशनमा संविधान संशोधनको विषयमा प्रवेश गराइसक्नुभएको उल्लेख गर्नुहुँदै समावेशिता, समानुपातिकता प्रत्यक्ष निर्वाचनबाटै हुनुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय सहमति जुटाइ कांग्रेसले सो बाटोमा अभियान छेड्नुपर्ने बताउनुभयो । उहाँले एक तिहाई निर्वाचन क्षेत्रमा महिला मात्रै उम्मेदवार हुने व्यवस्था राख्नुपर्ने जिकिर गर्नुभयो ।

‘‘पार्टी सभापतिले हाम्रो अधिवेशनमा त्यसलाई प्रवेश पनि गराइसक्नुभएको छ । अब हामीले संविधान संशोधनको विषयमा प्रवेश गर्नुपर्छ । समावेशिता, समानुपातिकता प्रत्यक्ष निर्वाचनबाटै हुनुपर्छ । अब त्यस बाटोमा नेपाली काँग्रेसले अभियान छेड्नुपर्छ । राष्ट्रिय सहमति जुटाउनु पर्छ । त्यो भनेको के हो भने ३३ प्रतिशत जुन केन्द्रमा महिला, प्रदेशमा, स्थानीयमा अझ बढी छन् ।,’’ प्रवक्ता डा। महतले भन्नुभयो, ‘‘यसलाई सुनिश्चित गर्न के गर्ने रु स्थानीयमा त प्रत्यक्ष निर्वाचन हुन्छ । त्यसकै माध्यमबाट आउँछ । केन्द्र र प्रदेशमा महिला उम्मेदवारले महिला उम्मेदवारसँगै प्रतिस्पर्धा गर्ने हुनुपर्छ । सिट रोटेशनमा हुनुपर्छ । एक तिहाई निर्वाचन क्षेत्रमा महिला मात्रै उम्मेदवार हुनुपर्छ । जुनसुकै पार्टीका होउन् । अर्को पल्ट अर्को एक तिहाई क्षेत्रमा फेरि महिला महिलाबिच हुनुपर्छ । यसले राजनीतिक नेतृत्व विकसित गर्न मद्दत गर्दछ ।’’

प्रवक्ता महतले संविधानमा रहेको निर्वाचन पद्धतिलाई संशोधन गर्ने समय आएको बताउनुभयो । नेपालको आर्थिक, सामाजिक, राजनीतिक विकास नेपाली कांग्रेसको नेतृत्वमा हुनुपर्ने औंल्याउनुभयो । उहाँले वर्तमान सरकारको अवस्था बेहाल रहेको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com