काठमाडौं ३ असार । नेपाली कांग्रेसले अत्यावश्यक पेट्रोलियम पदार्थ ढुवानी तथा बिक्री वितरणमा आवरोध हुँदा आम सर्वसाधारण उपभोक्ता मर्कामा परेको भन्दै वार्ताबाट तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
कांग्रेसको आपूर्ति विभागका प्रमुख गुरु बरालले विज्ञप्ति जारी गर्दै नेपाल सरकार निगम सञ्चालक समिति, निगम व्यवस्थापन र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघलाई जम्मेवार भएर वार्ताबाट समाधान गर्न अनुरोध गरेका छन् ।
बजारमा यसबाट कृत्रिम अभाव, कालोबजारी हुँदै आपूर्ति श्रृखंला समेत बिग्रने हुँदा अत्यावश्यक वस्तुहरुमा बन्द हड्ताल र अवरोध गर्न नपाइने व्यवस्थाविरुद्ध जो कोहीलाई कानुन बमोजिम कारबाही गर्न समेत जोडदार माग गर्दछौुं विज्ञप्तिमा छ, साथै विधिको शासन र कानूनी राज्यको अनुभूतीका लागि आवश्यक व्यवस्था मिलाई संविधान प्रदत्त उपभोक्ताको मौलिक अधिकार संरक्षण र प्रवर्द्धनको लागि हार्दिक अनुरोध गर्दछौं ।








प्रतिक्रिया दिनुहोस्