काठमाडौं ३ असार । हाल सोमबार बिहान कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली ९आकाशमा बादल० तथा बाँकी स्थानमा आंशिक बदली ९पातलो बादल० देखि मुख्यतया सफा ९लगभग आकाश सफा० छ। गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस क्रममा विगत २४ घण्टा ९आइतबार बिहान ७स्४९ बजेदेखि सोमबार बिहान ७स्४९ बजेसम्म० देशका १४ स्थानमा भारी वर्षा भएको छ भने ६ ठाउँमा धेरै भारी वर्षा भएको छ।
मौसमविद्का अनुसार २४ घण्टाभित्र ५० मिलिमिटरभन्दा माथि, सय मिलिमिभन्दा मुनिको वर्षा हुनुलाई भारी वर्षा भनिन्छ भने सय मिलिमिटरभन्दा माथि २ सय मिलिमिटरभन्दा मुनिको वर्षालाई धेरै भारी वर्षा भनिन्छ।
मौसम महाशाखाले सोमबार बिहान ७ बजेसम्म गरेको वर्षाको अपडेटअनुसार विगत २४ घण्टामा सबैभन्दा धेरै चितवनको त्रिशूलीस्थित कालीखोलामा १७८ मिलिमिटर वर्षा भएको छ।
दोस्रोमा सबैभन्दा बढी इलामको बारफ्यालाङ स्टेसनमा १५२ मिलिमिटर तथा इलामकै सोक्तिम टी स्टेटमा १०८।८ मिलिमिटर वर्षा मापन भएको मौसम महाशाखाले जनाएको छ।
यस्तै गोरखाको बिरेनचोकमा ११७, अर्घाखाँचीको एनपी चौरमा ११४।६ मिलिमिटर र मकवानपुरको सिलिङ्गेमा १०४।६ वर्षा भएको छ।
यसैगरी रुकुम पश्चिमको मुसिकोटमा ८७।६, गुल्मीको तम्घासमा ७३।२, बागलुङको गलकोटमा ६०।४, गुल्मीकै भार्सेमा ६२, गुल्मीकै रुद्रबेनीमा ५३।६, पाल्पाको कुमालगाउँमा ७४।२, नुवाकोटको ककनीमा ५०।४ र धनकुटाको त्रिवेणीमा ४९।४ मिलिमिटर वर्षा भएको छ।
यसबाहेक देशका अन्य धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भएको छ। १० मिलिमिटरभन्दा मुनिको वर्षा हल्का र यसभन्दा माथि तर ५० मिलिमिटरभन्दा मुनिको वर्षालाई मध्यम वर्षा भनिन्छ।








प्रतिक्रिया दिनुहोस्