ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुरे तराई–मधेसको जीवनरेखा हो : प्रधानमन्त्री प्रचण्ड


एबीसी न्यूज

काठमाडौं २ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डल’ले चुरे तराई–मधेसका लागि जीवनरेखाको रुपमा रहेको बताउनुभएको छ । ‘चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई’ मूल नाराका साथ दसौं चुरे संरक्षण दिवसको अवसरमा मिर्चैैया नगरपालिका –७ लक्ष्मी सामुदायिक वनमा आयोजित बृहत् वृक्षरोपण समारोहमा उहाँले सो कुरा बताउनुभएको हो ।

‘चुरेबाट अवैध रुपमा निकासी भइरहेको ढुङ्गा गिटी बालुवा रोक्न, चरिचरन रोक्न र बन जङगलमा लाग्ने डढेलो रोक्न आवश्यक ऐन कानुन बनाउन जरुरी छ । वातावरणीय अध्ययनले दिएको प्रतिवेदनअनुसार मात्र गिटी ढुङ्गा अब निकाल्न पाउने कानुन बनाउन सरकार गृहकार्यमा लागेको छ’ उहाँले भन्नुभयो ।

तराई मधेशको उर्वरा शक्ति कायम राख्न खानेपानीका लागि देखिएका जोखिम हटाउन १० हजार हेक्टर खाली जग्गामा वृक्षरोपण अभियान गर्ने प्रधानमन्त्री दाहालले बताउनुभयो । उहाँले थप्नुभयो, ‘अन्तर्राष्ट्रिय मञ्चमा समेत जलवायु संरक्षणको लागि बढ्दो तापक्रम नियन्त्रणका लागि अन्तर्राष्ट्रिय रुपमा पहल गर्न पर्वतीय देशको सम्मेलन निकट भविष्यमा नै हुनेछ ।’

सुनकोशी कमला मरिन डाइभर्सन १३ किलोमिटर निर्माण कार्यको ब्रेक थ्रु भैसकेको प्रधानमन्त्री दाहालले भन्दै यस परियोजनाबाट सिरहा सप्तरी र धनुषा जिल्लामा सिँचाइ हुने र चुरेका लागि समेत पानी रिचार्ज हने कार्य अघि बढिसकको बताउनुभयो ।

मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले राष्ट्रपति तराई मधेश संरक्षण समितिले १० वर्षमा पाँच लाख १५ हजार ९४१ विरुवा रोपिएको तथ्याङक रहेको भन्दै रोपिएका बिरुवाहरु हुर्किए कि हुर्किएनन् त्यसतर्फ ध्यान जानुपर्ने सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, ‘बालुवा र पत्रे चटानबाट बनेको चुरेको कमलो बनावटका कारण यसको संरक्षण गर्न तीनै तहको सरकारको साझा अभियान बनाएर अघि बढ्न जरुरी छ ।’ कार्यक्रममा वन तथा वातावरण मन्त्री नवलकिशोर साहले तराई–मधेशको विकासका लागि चुरे संरक्षण आवश्यक रहेकाले यसको संरक्षणका लागि मन्त्रालयले सतहमा नै देखिनेगरी कार्यक्रम ल्याउन लागेको विश्वास व्यक्त गर्नुभयो ।

चुरे क्षेत्रमा नरहेको रुपमा विस्तार गर्न आवश्यक रहेको मधेश प्रदेशको मुख्यमन्त्री सतिसकुमार सिंहले भन्दै यस वर्षको बजेटमा बाटोघाटो र नयाँ निर्माण हुने सडकको छेउमा वृक्षरोपण गर्न प्रदेश सरकारले कार्यक्रम समेटिएको जानकारी गराउनुभयो ।

कार्यक्रममा सिराहा –३ र ४ का सङ्घीय सांसदहरु क्रमशः लीलानाथ श्रेष्ठ र वीरेन्द्रकुमार महतोले सिरहामा चुरे संरक्षणका लागि विशेष प्याकेज र ६ लेनको निर्माण भइरहेको राष्ट्रिय लोकमार्गको कार्यमा ढिलाइ हुँदा वर्षमा हिलो र सुख्खा समयमा धुलोको समस्या समाधान गर्न प्रधनमन्त्रीको ध्यान आकर्षण गराउनुभयो ।

सिरहामा ९।०२ प्रतिशत वन विनाश भएको वन तथा वातावरण मन्त्रालयका सचिव डा। गोविन्द शर्माले जानकारी गराउँदै समयमा चुरेलाई हराभरा बालुवा गिटी निकाल्ने कार्य रोक्न सकिएन भने खानेपानी र कृषिको क्षेत्रमा ठूलो सङ्कट आउने बताउनुभयो ।

कार्यक्रममा मधेश प्रदेशका अर्थमन्त्री भरत साह, पर्यटन तथा उद्योगमन्त्री युवराज भट्टराई, वनमन्त्री त्रिभुवन साह, मिर्चैया नगरपालिका प्रमुख श्रवणकुमार यादव र सिराहा जिल्ला समन्वय समितिका प्रमुख दिनेशकुमार महतोलगायतका उपस्थिति थियो । वृक्षरोपण कार्यको व्यवस्थापन वन तथा पर्यावरण सुरक्षा गण रानीवास सिन्धुलीले गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com