ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ह्वात्तै घट्यो नेपाल एयरलाइन्सको हङकङ-काठमाडौँ उडान,


एबीसी न्यूज

काठमाडौं २ असार । नेपाल एयरलाइन्सको हङकङ(काठमाडौँ उडानमा भारी कटौती भएको छ।  हप्तामा तीन दिन उडान गर्दै आएको एयरलाइन्सको यो हप्ता भने हङकङ(काठमाडौँका कुनै पनि उडान हुने छैनन्।

नेपाल एयरलाइन्स हङकङ कार्यालयका कन्ट्री म्यानेजर अरविन्द्र प्रजापतिले यो हप्ता हङकङ(काठमाडौँको कुनै पनि उडान तालिका नरहेको नेपालखबरलाई बताए।

प्रजापतिका अनुसार अबका उडान २५ जुन ९मंगलबार० र २९ जुन ९शनिबार० हुनेछन्।  यसअघि एयरलाइन्सको नेपाल(हङकङ उडान प्रत्येक हप्ता मंगलबार, बिहीबार र शनिबार हुँदै आएको थियो।

नेपाल(हङकङ नियमित उडान गर्ने यात्रुमाझ उडान अनिश्चितकालीन बन्द भएको भन्ने हल्ला चलेपछि नेपालखबरले गतहप्ता नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलसँग जिज्ञासा राखेको थियो।

प्रवक्ता पौडेलले काठमाडौँ(हङकङको सबै उडान बन्द नभएको र कटौती मात्र भएको जानकारी गराएका थिए।

नेपाल एयरलाइन्सले गर्‍यो हङकङ उडानमा कटौती
गतहप्तै नेपालखबरको जिज्ञासामा वायुसेवा निगमका एक पाइलटले हङकङको तुलनामा अन्य गन्तव्यमा यात्रुको चाप बढी भएकाले हङकङमा जुन महिना उडान कम हुने बताएका थिए।
‘जुन महिनाभरिमा सात वटा उडान हुने तालिका छ,’ ती पाइलटको भनाइ छ, ‘यात्रुसँगै जहाज र पाइलटको अभावले उडानमा कमी भएको हो।’

उडानमा कटौती भए पनि एयरलाइन्सले हङकङ(काठमाडौँ उडानमा भने अफर ल्याएको छ।

अगस्टको अन्त्यसम्म लागू हुने यो अफरमा हङकङ(काठमाडौँको टिकट दर ४ हजार हङकङ डलर रहेको छ भने ब्यागेज सुविधा ४० किलो रहेको छ। यो सुविधा हङकङबाट काठमाडौँ जाने यात्रुले मात्र पाउनेछन्। सामान्य अवस्थामा ब्यागेजको सुविधा २५ किलो हो।

साथै, यात्रुले प्रिपेड सुविधा पनि पाउनेछन्। जसअन्तर्गत यात्रुले २५ केजी तौल थप्न सक्नेछन् भने यसलाई प्रतिकेजी ४५ का दरले १,१२५ हङकङ डलर पर्नेछ।

‘यात्रुले पिप्रेड अफर अन्तर्गत १,१२५ हङकङ डलरमा २५ किलो तौल थप्न सक्नेछन्,’ कन्ट्री म्यानेजर प्रजापतिले नेपालखबरसँग भने, ‘लो सिजन प्रोमोसनल फेयर अन्तर्गत यो अफर आएको हो।’

प्रजापतिको यो भनाइअनुसार पनि यात्रुको चाप कम भएकोले उडानमा कटौती भएको बुझ्न सकिन्छ। प्रिपेड अफरअन्तर्गत तौल थप गर्दा २५ किलोभन्दा तल भने थप्न नपाइने प्रजापतिले बताए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com