ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वृद्ध भत्ताको रकम हिनामिना गरेको आरोपमा वडाअध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा


एबीसी न्यूज

काठमाडौं ३२ जेठ । मोरङको रतुवामाई नगरपालिका वडा नं। ६ का वडाध्यक्ष तुलाराम लुइटेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको आरोपमा वडाअध्यक्ष लुइटेल लगायत विरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारल रतुवामाई नगरपालिका वडा नं। ६ का तत्कालीन वडा सचिव कल्पना बास्कोटा, ईलाका प्रशासन कार्यालय रंगेलीका तत्कालीन प्रशासकीय अधिकृत सुनिल पौडेल र सोही कार्यालयका तत्कालीन नासु रमेश कोइराला, रतुवामाई नगरपालिका वडा नं। ६ का मेगदिप पोखरेल, तारा देवी पोखरेल र भक्त कुमारी लुईटेलविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

 

वडा कार्यालयबाट वितरण गरिदैँ आएको सामाजिक सुरक्षा भत्तामा विवरण किर्ते गरी, सामाजिक सुरक्षा भत्ता वापतको रकम अपचलन गरी भ्रष्टाचार गरेको उनीहरुमाथि आरोप छ।

अख्तियारका अनुसार सामाजिक सुरक्षा ९जेष्ठ नागरिक० भत्ता प्रदान गर्दा वडाध्यक्षसमेतको मिलेमतोमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य नरहेको व्यक्तिलाई लाभग्राहीको सूचिमा प्रविष्ट गरीरगराई सामाजिक सुरक्षा भत्ता कार्ड जारी गरेको पाइएको छ।

यस्तै, नागरिकतामा भएको साविकको जन्म मितिमा फेरबदल गरी सामाजिक सुरक्षा ९जेष्ठ नागरिक० भत्ता प्राप्त गर्न उमेर नै नपुगेका व्यक्तिलाई भत्ता प्राप्त गर्ने लाभग्राहीको सूचीमा प्रविष्ट गराउनको निमित्त नागरिकताको प्रथम प्रतिलिपिको लागि वडा कार्यालयबाट गरिने सिफारिसको व्यहोरामा जन्म मितिको उमेर बढाएर बदनियतपूर्ण ढंगले गलत लिखत तयार गरीरगराई सिफारिस गरेको अख्तियारको ठहर छ।

साथै ईलाका प्रशासन कार्यालय रंगेली मोरङले नागरिकताको प्रथम प्रतिलिपि जारी गर्नको निमित्त पेश भएको अनुसूचीको विवरण एकिन नगरी प्रथम प्रतिलिपिका लागि विवरण रहेको कार्यालयबाट विवरण माग तथा रुजु समेत नगरी जन्म मिति फरक पारी प्रतिलिपि नागरिकता जारी गरिदिई बदनियतपूर्ण ढंगले गलत लिखत तयार गर्ने कार्य गरेको पुष्टि हुन आएको अख्तियारले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com