काठमाडौं ३१ जेठ । अकुत सम्पत्ति आर्जनको मुद्दामा दोषी ठहर भएका लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईलाई ६ वर्ष कैद सजाय सुनाइएको छ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायणसिंह राई र रीतेन्द्र थापाको इजलासले इन्जिनियर भट्टराईलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो।
सो मुद्दामा बिहीबार ज० का लागि पुनः सुनुवाइ तोकिएको थियो। ३ वर्षभन्दा बढी कैद हुने अपराधमा अदालतले कसुर ठहर गरेपछि सजाय निर्धारणका लागि बेग्लै सुनुवाइ हुने गर्छ।
सोही अनुसार बिहीबार विशेष अदालतका अध्यक्ष कुँवर र सदस्यद्वय राई र थापाको इजलासले ६ वर्ष कैद सजाय सुनाएको हो।
इन्जिनियर भट्टराईले पदीय दुरुपयोग गरी कोषका ठेकेदारबाट ८० लाख रुपैयाँ घुस खाएको र त्यो रकम जग्गामा लगानी गरेको अख्तियारको अनुसन्धानले देखाएको थियो।








प्रतिक्रिया दिनुहोस्