काठमाडौं ३१ जेठ । ताप्लेजुङमा गएरातिदेखि परेको अविरल वर्षापछिको बाढीका कारण एउटा काठको पुल बगाएको छ। फाक्तालुङ गाउँपालिका–५ मा पर्ने सिवासा खोलामा आएको बाढीका कारण हल्का सवारी साधन समेत चल्ने सो पुल बगाएको हो।
वडा नम्बर ५ का अध्यक्ष देउप्रसाद लिम्बुका अनुसार, अहिले पानी पर्ने क्रम रोकिएको छ। यद्यपि बेलुकीको पानीले खोलाको सतह केही माथि आउँदा स्थानीयहरू त्रसित भएका छन्।
अहिलेसम्म कुनै मानवीय क्षती भने नभएको उनले नेपालखबरलाई बताए। ‘मानवीय क्षती छैन, एउटा गाइको बाच्छो बाढीमा परेर मृत्यु भएको जानकारी आएको छ,’ उनले भने।
सोही खोला मिसिएको ठाउँमा तमोर नदी थुनिएको उनले बताए। यद्यपि अहिले खोला विस्तारै खुल्दै गएको छ।








प्रतिक्रिया दिनुहोस्