ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भूउपग्रहमा आधारित प्रणालीको अध्ययन हुँदै


एबीसी न्यूज

काठमाडौं ३० जेठ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि भूउपग्रहमा आधारित प्रणालीको सम्भाव्यता अध्ययन अघि बढाइएको छ । उपकरणमा आधारित उडान अवतरण प्रणाली ९इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम ९आइएलएस० प्रविधिको विकल्पमा आरएनपी–एआर ९रिक्वायर्ड नेभिगेसन पफर्मेसन–अथोराइजेसन रिक्वायार्ड० भनेर चिनिने प्रविधि जडान गर्न सम्भाव्यता अध्ययन भइरहेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले झन्डै एक अर्ब रुपियाँ खर्चेर जडान गरेको आइएलएस उपकरण अन्तरदेशीय उडानमा देखिएको समस्याका कारण सञ्चालनमा आउन नसकेपछि यसको विकल्पमा भूउपग्रहमा आधारित आरएनपी–एआर प्रविधि जडान गर्ने तयारी भइरहेको छ ।

गौतम बुद्ध विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार आरएनपी–एआर प्रविधिबाट पनि आइएलएस प्रविधिजत्तिकै कमजोर भिजिबिलिटीमा उडान अवतरण गर्न सकिने छ ।

उहाँले भन्नुभयो, “विमानस्थलमा जडान भएका उपकरणको पहुँच भारतीय भूमिमा पर्ने समस्याका कारण नयाँ प्रविधि जडान भएर पनि सञ्चालनमा ल्याउन नसकेपछि त्यसको विकल्पमा आरएनपी–एआर प्रविधि जडानबारे अध्ययन थालेका छौँ । आरएनपी–एआर प्रविधिका लागि जमिनमा कुनै पूर्वाधार बनाउनु नपर्ने र अन्तर्राष्ट्रिय उडानका जहाजमा अनबोर्ड नै हुने भएकाले उडान विधि बनाए मात्रै पुग्छ । यसमा कुनै खर्च पनि लाग्दैन ।”

आरएनपी–एआर प्रविधि आन्तरिकतर्फका उडानमा प्रयोग नहुने र अन्तर्राष्ट्रियतर्फका जहाजलाई मात्रै काम गर्ने उहाँले बताउनुभयो । आरएनपी–एआर प्रविधि सञ्चालनका लागि प्राधिकरणले उडान विधि बनाउने र सम्बन्धित विमान कम्पनीले विमानचालकलाई तालिम र सम्बन्धित नियामक निकायबाट उडानको स्वीकृति दिए मात्र पुग्ने उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “यो विमानस्थलमा उडान अवतरणका लागि हाल परम्परागत ९भिओआर डिएमई० पद्धति अनुसार एक हजार आठ सय मिटर दृश्य क्षमता चाहिन्छ । आरएनपी–एआर प्रविधि लागु भएमा आइएलएस जत्तिकै आठ सय मिटरभन्दा कम दृश्य क्षमतामा उडान अवतरण गर्न सकिने भएकाले यसबारे गृहकार्य गरिरहेका छौँ ।”

प्राधिकरणले तयार पारेको आइएफआर प्रोसिड्युर अनुसार यो विमानस्थलमा जडान भएको आइएलएस उपकरणको पहुँच भारतीय भूमिमा परेका कारण दुई वर्षदेखि उपकरण सञ्चालनमा आउन सकेको छैन ।

नेपालको आइएफआर प्रोसिड्युरमा न्यूनतम एक नटिकल माइलदेखि अधिकतम दुई नटिकल माइलसम्म भारतीय क्षेत्रमा परेको छ । भारतीय पक्षले अन्तरदेशीय उडानको अन्तर्राष्ट्रिय मापदण्डविपरीत कायमै राखेको अवरोध हटाउन सरकारी तवरबाट समेत पहल भए पनि अड्चन कायमै छ ।

नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल बनेको सात दशकपछि विसं २०७९ जेठ २ गते सञ्चालनमा आएको यो विमानस्थलमा हालसम्म अन्तर्राष्ट्रियतर्फ ३६ हजार ९५६ यात्रुले ओहोरदोहोर गरेका छन् ।

विमानस्थल सञ्चालनका लागि वार्षिक आठ करोड ८१ लाख रुपियाँ खर्च हुने र दैनिक पाँच वटा अन्तर्राष्ट्रिय उडान आवश्यक पर्छ । बोइङ तथा एयरबसका जहाजले उडान भर्ने र अवतरण गर्न सक्ने भनिएको यो विमानस्थलमा यात्रु अभाव र मौसम खराबीका कारण देखाउँदै अन्तर्राष्ट्रिय हवाई कम्पनी आकर्षित हुन सकेका छैनन् ।

दृश्य क्षमता, धावनमार्गको अवरोधलगायतका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेका जहाजसमेत भैरहवामा अवतरण नभई भारततर्फ डाइभर्ट हुँदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com