ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोदीसँग के-के विषयमा कुरा भयो प्रधानमन्त्रीले संसदमा जानकारी गराउनुपर्छ: रघुजी पन्त


एबीसी न्यूज

काठकमडौं २९ जेठ । सत्तारूढ नेकपा एमाले० का सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डु ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गरेका कुराकानीबारे संसदलाई जानकारी गराउनुपर्ने बताएका छन्।

भारतीय प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा सहभागी भएका प्रधानमन्त्री दाहालले मोदीसँग पनि भेटवार्ता गरेका थिए। प्रधानमन्त्री दाहाल सोमबार स्वदेश फर्किएका थिए।

प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा विभिन्न विषयमा भारतीय समकक्षी मोदीसँग कुराकानी भएको कुरा गरेका थिए। त्यो विषय आफूले समाचार पढेर थाहा पाएको सांसद पन्तको भनाइ थियो।

‘भारतसँग थाती रहेका हाम्रा समस्या जस्ताका त्यस्तै विद्यमान छ, त्यसैले सभामुखबाट आज रूलिङ हुनुपर्छ, प्रधानमन्त्रीले बोलेर आएपछि बोल्ने पहिलो ठाउँ संसद हो, भारतीय प्रधानमन्त्रीसँग उहाँको के(के विषयमा कुराकानी भयो त्यो बाहिर अखबारमा भन्नुभयो ठिकै छ, संसदलाई सम्मान गर्ने हो भने आजै उहाँले संसदमा आएर भारत भ्रमणबारे, त्यहाँ भएको कुराकानीबारे विस्तृत रूपमा जानकारी दिनुपर्थ्यो,’ सांसद पन्तले भने।

नेपाल र भारतका बीचमा विद्यमान रहेका समस्याहरू समाधान गर्न के–के विषयमा ठोस कुराकानी भएको हो भन्नेबारे प्रधानमन्त्री दाहालले संसदलाई जानकारी गराउनुपर्ने उनको भनाइ छ।

‘प्रधानमन्त्रीले यो जानकारी संसदलाई गराउनुपर्छ, यो संसदको विशेषाधिकार हो है, सभामुखजीले पनि यसमा आँखा चिम्लन मिल्दैन,’ उनले भने, ‘विदेश गएर आएपछि संसदमा उभिएर जानकारी दिनु विशेषाधिकार हो, यसको रक्षा होस्। त्यसैले स्पष्ट रूलिङ होस्।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com