ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा पनि गठबन्धन सरकार आयो, नेपाललाई फलदायी हुन्छ– प्रधानमन्त्री प्रचण्ड


एबीसी न्यूज

नयाँ दिल्ली, २८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इटालीमा जुन १३ मा हुने जी सेभेनको बैठकपछि भारतीय समकक्षी नरेन्द्र मोदीले नेपाल आउने आश्वासन दिएको बताएका छन् । सोमबार नयाँदिल्लीस्थित नेपाली पत्रकारहरूसँगको संवादका क्रममा उनले यस्तो बताएका हुन् । दाहालले भारतमा नयाँ प्रधानमन्त्रीले सपथ लिँदा नेपालका प्रधानमन्त्री आउने क्रम सन् २०१४ देखि नै सुरु भएको बताए ।

‘भारतमा प्रधानमन्त्रीको सपथ ग्रहण कार्यक्रममा नेपालका प्रधानमन्त्री आउने चलन २०१४ देखि सुरु भएको हो । पहिलो पटक मोदीजी प्रधानमन्त्री हुँदा सुशील कोइराला आएको हो, दोस्रो पटक केपी ओलीजी आएको हो’, प्रचण्डले भने, ‘सपथ ग्रहण त एउटा प्रक्रिया मात्रै भयो । त्यससँगै द्विपक्षीय कुराकानी गर्ने यो राम्रो प्लाट फर्म भयो । एकातिर भारत सरकार र मोदीसँग नेपाल–भारत सम्बन्धका जल्दाबल्दा मुद्दामा कुरा भयो। अर्कातिर सात देशका प्रधानमन्त्री र राष्ट्रपतिसँग पनि सम्बन्धलाई सजीव बनाउने मौका पनि पाएँ ।’ प्रचण्डले यस क्रममा आफूले श्रीलंकाका राष्ट्रपति र भुटानका प्रधानमन्त्रीसँग पनि कुरा गरेको बताए । ‘मैले मोदीसँग साइडलाइननमा ‘वान टु वान’ कुरा हुँदा यसअघिको भ्रमणमा भएका साझेदारी र सम्झौता कार्यान्वयनमा जोड दिएँ’, उनले भने, ‘नेपाल– भारत संयन्त्रहरूमार्फत सीमा र ब्यापारको मुद्दामा वार्ता अघि बढाऊँ भने । उहाँले मिलेर गर्ने भन्नु भयो । मैले पञ्चेश्वर र अरूणको कुरा उठाएँ । भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदा पनि पञ्चेश्वरको कुरा उठाएको थिएँ । पञ्चेश्वरलाई टुंग्याउने गरी यस पटक कुरा गरेको छु ।’

उनले नेपालमा कृषि उत्पादन कसरी बढाउनेबारे पनि कुरा भएको बताए । ‘कृषिको उत्पादन कसरी बढाउने बारे पनि कुरा भएको छ’, दाहालले भने, ‘फेरि नेपालबाट त्यससँग सम्बन्धित विज्ञ भारतमा पठाउने कुरा भएको छ ।’

प्रचण्डले यही जुन १३ मा इटालीमा हुने जी सेभेनको बैठकबाट फिरेपछि नेपाल आउन सक्ने आश्वासन मोदीले दिएको पनि बताए ।

‘अहिले भारतको छिमेकी पहिला भन्ने नीति छ । सपथ ग्रहणपछि पहिला नजिकको छिमेकी नेपाल आउन खोजे पनि जी सेभेनको कार्यक्रममा जानुपरेको जवाफ मोदीले दिनु भएको छ’, उनले भने, ‘१३ जुनमा जी सेभेनको बैठक इटालीमा सकेर आइसकेपछि नेपाल आउने आश्वासन उहाँबाट आएको छ ।’

प्रचण्डले भारत अहिले नेपालमा जुन समीकरण आए पनि आफूहरूलाई समस्या नहुने बिन्दुमा रहेको बताए ।

‘यहाँ एकथरी भारतका नेता र एजेन्सीलाई पनि नेपालमा राजनीतिक समीकरण परिवर्तन भइरहन्छन् । त्यो राजनीतिक समीकरण परिवर्तनसँगै भारतसँगको सम्बन्धमा पनि असर पर्छ भन्ने रहेछ’, उनले भने, ‘त्यो समीकरण बन्दै गर्दा आन्तरिक कारणले हेरफेर हुँदा हाम्रो परराष्ट्र नीति र नेपाल(भारत सम्बन्धलाई असर गर्दैन भनेको थिएँ । अहिले बरु सम्बन्ध बढाऊँ, आर्थिक क्षेत्रमा सहकार्य बढाऊँ, छिमेकीसँगको नीतिमा, विदेश नीतिमा फरक पर्दैन भनेँ । यसबीचमा हामीले धेरै काम गरेका छौँ । उहाँहरूले पनि नेपालको छिमेकी नीतिमा फरक आउँदो रहेनछ भन्ने ठान्नु भएको छ।’

उनले यस पटक आफूले विकाससँगै ऊर्जासँग सम्बन्धित पहिलो कुरा, त्यसपछि कृषि र ब्यापारसँग सम्बन्धित कुरा उठाएको पनि बताए । दाहालले नेपालप्रति भारतको रुची पहिलेभन्दा बढेको बताए ।

‘उहाँहरूको पहिलेको भन्दा रुची बढेको छ । नेपालको व्यापार घाटा कम गर्ने कुरामा भारतको चासो छ । यसअघि भएको मेरो भ्रमणमा भएका सहमतिमा दीर्घकालीन पावर एग्रिमेन्ट मुख्य थियो । भारतको क्याबिनेटबाट पारित होला नहोला भन्ने चिन्ता थियो’, उनले भने, ‘तर भारतीय विदेशमन्त्री एस। जयशंकर नेपाल पुगेर हस्ताक्षर गरिसकेपछि त्यो अगाडि बढ्यो भन्ने भयो । अहिले अरुण तेस्रोको ब्रेक थ्रू भएको छ । तल्लो अरुण पनि शिलान्यास सुरु हुँदैछ । हामीबीच यसले सहकार्य झन् बढाउँदै लगेको छ ।’

उनले भारतले गरेको सीमा अतिक्रमणसम्बन्धी मुद्दालाई विवादका रुपमा ब्याख्या गरेका छन् ।

‘नाकासँग सम्बन्धित कुरामा त्यतिबेला मेरो भ्रमणका बेलामा मोदीजीले बाहिरै बोल्नु भएको छ । त्योबेला सीमासँग सम्बन्धित कुरा समाधान गर्ने बताउनु भएको थियो’, उनले भने, ‘मलाई लाग्छ त्यसलाई सहज बनाउने दिशामा हामी अघि बढ्छौँ, आपसी सहयोगलाई अभिवृद्धि गर्न हामीलाई कुनै समस्या छैन ।’

गठबन्धनबारे यसो भने

दाहालले भारतमा पनि नेपालमा जस्तै गठबन्धनको सरकार आएको बताए ।

‘विस्तारै विस्तारै भारतमा पनि राजनीति गठबन्धनतिर गयो । तर नेपालमा राजनीतिक समीकरण जेजे भए पनि दुई देशको सम्बन्धलाई स्थिर राख्न दलहरू एक रहेछन् भन्ने सन्देश गएको छ’, उनले भने, ‘हामी नेपालमा केही वर्षदेखि गठबन्धनको सरकार चलाउँदै आएका छौँ । संविधान र निर्वाचन प्रणालीले गठबन्धन सरकार बनाउनै पर्ने अवस्था छ । भारतमा पनि गठबन्धन सरकार आएको छ । नेपालमा जस्तै भारतको गठबन्धन सरकारले अब हाम्रो सम्बन्ध अझै फलदायी हुने विश्वास छ ।’

दाहालले भारतमा पनि गठबन्धनकै सरकार बनेकाले दुवै देशको अनुभव एकअर्काका लागि फलदायी हुने बताए । उनले भारतमा सन् २०१४ र सन् २०१९ कोभन्दा अलग्गै राजनीतिक समीकरण बनेको बताए । दुवै देशमा गठबन्धनको सरकार रहेको अवस्थामा अझै सहज र एकअर्काका अनुभव आदान प्रदानबाट फलदायी हुने विश्वास जनाए ।

‘अहिले भारतमा पनि गठबन्धनकै सरकार बन्यो । हिजो शपथ ग्रहण भएको पनि गठबन्धनकै सरकारको शपथ ग्रहण हो । त्यसले चाहिँ हामीलाई अझै सहज हुन्छ भन्ने लाग्छ । हामी दुवैका अनुभवहरू एकअर्काका लागि फलदायी हुन्छन् भन्ने मलाई लागेको छ,’ दाहालले भने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com