ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गण्डकीमा राप्रपाले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिने


एबीसी न्यूज

काठमाडौं २८ जेठ । गण्डकी प्रदेशमा राप्रपा संसदीय दलका नेता पन्चराम गुरुङले मुख्यमन्त्रीलाई विश्वासको मत दिने घोषणा गरेका छन्। राप्रपा संसदीय दलका नेता गुरुङले बजेट ल्याउने बेला मुख्यमन्त्री विश्वासको मत माग्नुलाई लाजमर्दो भएको पनि बताए।

उनले गण्डकीको सरकारमा केन्द्रको राजनीतिको छायाँ प्रदेशमा पर्न नदिन र अस्थिरताको अन्त्य गर्न यो निर्णय गरेको पनि बताए।

राप्रपाको समर्थनपछि अब मुख्यमन्त्रीको पक्षमा २९ जना सांसद देखिएका छन्।  अब मुक्यमन्त्री पाण्डे बहुमतबाट २ मत टाढा छन्।

प्रमुख प्रतिपक्षी एमालेसँग २२ र सभामुखसहित माओवादीसँग ८, राष्ट्रिय प्रजातन्त्र पार्टीका २ तथा स्वतन्त्र सांसद दीपक मनाङेसहितको ६० सदस्यीय संसदमा बहुमत जुटाउन उनलाई सजिलो छैन।

राप्रपाकै समर्थन भयो भने पनि कांग्रेसलाई दुईजना सांसद अझै अपुग हुन्छ।

स्वतन्त्र सांसद दीपक मनाङेले सार्वजनिक रुपमै मध्यावधिमा जान नदिने र जसले ३० जनाको समर्थन जुटाउँछ आफू उतै लागेर ३१ अर्थात् बहुमत पुर्‍याइदिने बताउँदै आएका छन्।

सोमबारको बैठकमा मनाङे विपक्षीकै बेञ्चमा बसेका छन्।  मनाङेले विश्वासको मत दिँदा पनि मुख्यमन्त्री पाण्डेलाई अझै एकजना सांसदको समर्थन चाहिन्छ। त्यो भनेको नेपाल समाजवादी पार्टी नेसपा० का केन्द्रीय सदस्यसमेत रहेका फणिन्द्र देवकोटाको समर्थन हो।

तर, उनी पनि आजको बैठकमा विपक्षी बेन्चमै बसेका छन्। उनीहरू दुवैको मत पाउन पाण्डेलाई जरुरी छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com