ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुदूरपश्चिम प्रदेशमा मन्त्रालय भागबन्डा- एमालेलाई अर्थ, माओवादी लाई सामाजिक विकास


एबीसी न्यूज

काठमाडौं २८ जेठ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएको ५२ दिनपछि दीर्घ सोडारीले सोमबार मन्त्रिपरिषद् विस्तार गर्दैछन्। मुख्यमन्त्री निकट स्रोतका अनुसार, केहीबेरमा बस्ने सत्तारुढ गठबन्धनको संयुक्त बैठकपछि आजै सरकार विस्तार गर्नेगरी तयारी थालिएको छ।

नेकपा एमाले र माओवादी केन्द्रसहितको सहभागीतामा मुख्यमन्त्री सोडारीले सोमबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।

जस अनुसार एमाले र माओवादीका तीनरतीन जना मन्त्री बन्ने भएका छन्।  एमाले तयार नभएकै कारण मुख्यमन्त्री नियुक्त भएको ५१ दिन बितिसक्दा पनि दीर्घ सोडारीले सरकार विस्तार गर्न पाएका थिएनन्। एमाले नगएपछि माओवादी पनि प्रदेश सरकारमा सहभागी हुन रोकिएको थियो।

स्रोतका अनुसार, एमालेले अर्थ मन्त्रालय र माओवादीले सामाजिक विकास मन्त्रालय लिनेगरी सहमति जुटिसकेको छ। यद्यपि अहिले बस्ने संयुक्त बैठकपछि अन्य मन्त्रालय पनि टुंगो लाग्नेछ।

तर, यसअघि माओवादीले अर्थ मन्त्रालय दाबी गरेको थियो। माओवादीले सामाजिक विकास मन्त्रालय राख्ने भएको छ। अर्थमा एमालेका सुरेन्द्रबहादुर पाल र सामाजिक विकासमा माओवादीका ओमबिक्रम भाटलाई नियुक्त गर्ने तयारी छ।

उनीहरुको शपथ पनि आजै हुने भएको छ।

केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार बिहान बालुवाटारमा भएको सहमतिपछि त्यहाँ मन्त्रिपरिषद् विस्तार हुन लागेको हो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com