ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार र निजी क्षेत्र दुवैले उत्पादन र रोजगारीको क्षेत्रमा विशेष लगानी गर्नुपर्छः अध्यक्ष ओली


एबीसी न्यूज
जेष्ठ २६, २०८१ शनिबार  ३ : ४२ बजे

काठमाडौं, २६ जेठ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारीको क्षेत्रमा विशेष लगानी गर्नुपर्ने बताए । नेकपा (एमाले) उद्योग व्यवसाय विशेष जिल्ला कमिटीले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले उत्पादन र रोजगारीको क्षेत्रमा विशेष लगानी गर्न सरकार र निजी क्षेत्रले ध्यान दिनुपर्ने बताएका हुन ।

उनले पूँजी र प्रविधिको विकास गर्ने बाटोमा पनि अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । अध्यक्ष ओलीले बजेट कार्यान्वयनको सम्बन्धमा पनि आफूले सरकारसँग कुरा गरिरहेको बताए । उत्पादन, उत्पादकत्व र उद्योगमा प्रविधिको प्रयोग लगायतका कामहरु नेपालले गर्न सकेमात्रै मुलुकको औद्योगिकीकरणको भविष्य निर्धारण गर्ने उनको भनाई थियो । अध्यक्ष ओलीले कृषिलाई आधुनिकीकरण, व्यवसायिकीकरण, औद्योगिकीकरण गर्न नसके अगाडि बढाउन नसकिने तथ्य पनि स्मरण गराए ।

उनले भने, ‘हामीले उत्पादन र रोजगारीका क्षेत्रमा विशेष लगानी गर्नुपर्दछ । अर्को कुरा हामी आफैँले पुँजी र प्रविधिको विकास गर्ने बाटो लिनुपर्छ । हाम्रो पूँजी र प्रविधिले पुगेन भने पूँजी र प्रविधि बाहिरबाट ल्याउने, आकर्षित गर्ने, इन्भेष्ट गर्ने गर्नुपर्दछ । त्यो बाटो लिनुपर्छ । र मुख्य रुपमा आफूले विकास गर्ने, पूँजीको सृजना गर्ने उत्पादनबाट । त्यस कामतिर लाग्नु पर्दछ । यस सन्दर्भमा सरकारसँग मेरो कुराकानी भईराखेको छ । वर्तमान बजेटको सम्बन्धमा, त्यसको कार्यान्वयनको प्रभावकारिताको सम्बन्धमा, त्यसलाई कसरी प्रभावकारी ढंगले लैजानका लागि के सच्याउनु पर्छ ? ती कुराहरुको सन्दर्भमा म कुरा गरिरहेको छु । र अब हामीले कृषि आधारित उद्योग र अन्य उद्योगहरु । कृषिको आधुनिकीकरण, त्यस्तै अन्यत्रको आधुनिकीकरण ।

उत्पादनमा प्रविधिको प्रयोग, उत्पादकत्व वृद्धिमा प्रविधिको प्रयोग, उद्योगमा प्रविधिको प्रयोगलगायतका कामहरु हामी कति गर्नसक्छौँ । त्यसले हाम्रो औद्योगिकीकरणको भविष्य निर्धारण गर्छ । कृषिको आधुनिकीकरण, औद्योगिकीकरण गर्न सकिएन भने ६० प्रतिशत जनता अहिले पनि त्यसमा निर्भर हुने, त्यसमा आधारित कृषिलाई आधुनिकीकरण गर्न नसकिने, व्यवसायिकीकरण गर्न नसकिने, औद्योगिकीकरण गर्न नसकिने हो भने त्यो हिजोको स्थितिमा रहेर त्यो अगाडि जान सक्दैन ।’ अध्यक्ष ओलीले ६० प्रतिशत भन्दा बढी जनता कृषिमा निर्भर रहेको मुलुकमा त्यस क्षेत्रको विकास गरेर अघि बढनुको विकल्प नरहेको पनि समेत बढाए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

सम्बन्धित

‘देश जोगाउने कि ध्वस्त पार्ने?’ : प्रचण्ड

एक सातापछि काठमाडौं फर्किए ओली

बंगलादेशमा मतदान केन्द्रमै झडप: बीएनपी नेता मोहिबुज्जामान कोचीको मृत्यु

Zelensky-Style Rise! Prasai: Balen-Ravi Pushed by Foreign Hands

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com