ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विपद सुरक्षा संस्कृति विकास गरिनेः मन्त्री श्रेष्ठ


एबीसी न्यूज

काठमाडौं २५ जेठ । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले विद्यालयस्तरबाट विपद सुरक्षा संस्कृति विकास गरिने बताउनुभएको छ । मन्त्रालयको आयोजनामा भएको बागमती प्रदेश स्तरीय विपद प्रतिकार्यको कृत्रिम अभ्यास कार्यक्रमलाई हेटौँडाको औद्योगिक क्षेत्रमा सम्बोधन गर्नुहुँदै उहाँले विपद न्यूनीकरणका लागि जिल्लास्तरबाटै विपद सुरक्षा संस्कृतिको विकास गरिने जानकारी दिनुभयो ।

आर्थिक वर्ष ८१–८२ मा प्रदेशका १३ जिल्लाका १३ विद्यालय छनोट गरेर विद्यालय स्तरमा विद्यार्थीहरूलाई सुरक्षा संस्कृतिको बारेमा अध्यापन गराउने तयारी भएको उहाँको भनाइ छ । विपद न्यूनीकरण र व्यवस्थापनका लागि प्रदेश सरकारले गाउँ, टोल र वडा वडासम्म विपद स्वयंसेवक परिचालन गरेको बताउनुभयो । गत आवमा प्रदेशका ११ पालिकामा स्वयंसेवक परिचालन गरिएकाले यस आवको बजेटमा पनि सो कार्यक्रमलाई निरन्तरता दिइने उहाँको भनाइ छ । जनस्तरबाटै परिचालित हुने स्वयंसेवकबाट विपद व्यवस्थापनमा प्रभावकारी काम गर्न सकिने बताउँदै मन्त्री श्रेष्ठले रैथाने स्तरमा रहेको ज्ञान, सीप र अनुभावलाई प्रयोग गरेर विपद न्यूनीकरणमा लाग्न आग्रह गर्नुभयो ।

प्रदेशमा विपद न्यूनीकरणका लागि विपद सामग्री खरिद गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिँदै उहाँले मकवानपुरको हेटौँडा, नुवाकोटको विदुर र काभ्रेको धुलिखेलमा विपद सामग्री भण्डारण गरिएको जानकारी दिनुभयो ।

विपदको तीन चरण रहेको स्मरण गर्दै मन्त्री श्रेष्ठले पूर्व तयारी, प्रतिकार्य र पुनर्लाभको चरण मध्य पूर्व तयारी राम्रोसँग गर्न सकिए विपदबाट क्षति कम हुने विश्वास व्यक्त गर्नुभयो ।

विपद पूर्व तयारीको विषयमा आम नागरिकलाई पनि जानकारी दिन आवश्यक रहेको उहाँको भनाइ छ । मानविय गतिविधिले प्राकृतिक विपद बढेको बताउँदै उहाँले विकासको नाममा विनाश धेरै भएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले विपद जोखिम न्यूनीकरण गर्न सबैको महत्त्वपूर्ण भूमिका हुने भएकाले सरकारी, गैरसरकारी र नीजि क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले विपदबाट १८ लाख मानिस प्रभावित हुने अनुमान गरिएकाले सबैलाई पूर्व तयारीका साथ रहन आग्रह गर्नुभयो ।

मध्य पृतनापति प्रदीपजंग केसीले प्राकृतिक विपदलाइ रोक्न नसकिए पनि न्यूनीकरण गर्न सकिने बताउँदै स्थानीय र जनप्रतिनिधिको भूमिका अझै महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले विपदमा सेना सधैँ अग्रभागमा रहने स्पष्ट पार्नुभयो । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्काउट, रेडक्रस, हेटौँडा उपमहानगरपालिकाका प्रतिनिधि लगायतकाको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com