ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वित्तीय समानीकरण अनुदान कटौती निर्णय उल्ट्याउँदै सरकार


एबीसी न्यूज

काठमाडौं २४ जेठ । संघीय सरकारले कानुन नै बनाएर प्रदेश र स्थानीय तहको अधिकार खोसेको देखिएको छ । चालु आर्थिक वर्ष २०८०र८१ को विनियोजन ऐनमा नै प्रदेश र स्थानीय तहलाई सरकारले प्रदान गर्नुपर्ने समानीकरण लगायत अनुदान रकम संघीय सरकारले तजबिजीमा कटौती गर्न सक्ने व्यवस्था गरिएको देखिएको हो ।

संघीय सरकारले प्रदेश र स्थानीय तहलाई दिनुपर्ने वित्तीय समानीकरण अनुदान २६ प्रतिशतले कटौती गर्ने निर्णय ९ माघ २०८० मा गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र त्यसबेलाका अर्थमन्त्री प्रकाशशरण महत संलग्न मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको थियो ।

तर, यस्तो निर्णय गर्न पाउने कानुनी आधार भने गत वर्ष बजेटसँगै प्रस्तुत विनियोजन ऐनमा नै तयार पारिएको थियो । विनियोजन ऐनको दफा ४ को उपदफा ४ मा ‘अनुमान अनुसार राजस्व संकलन हुन नसकेको वित्तीय समानीकरण अनुदानको पहिलो किस्ताबाहेक अन्य किस्ता संकलित राजस्वको लक्ष्य र त्यसको अनुपातको आधारमा नेपाल सरकारले पुनः निर्धारण गरी हस्तान्तरण गर्न सक्ने छ’ भन्ने व्यवस्था छ ।

ऐनको सोही व्यवस्था टेकेर ९ माघको मन्त्रिपरिषद् बैठकले समानीकरण अनुदानको अधिकतम सीमा ७४।११ प्रतिशत राख्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा महालेखा नियन्त्रकको कार्यालयले १२ वैशाखमा सबै कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई पत्राचार गरी वार्षिक अनुदानको अधिकतम सीमा ७४।११ प्रतिशत राखेको थियो ।

 

चालु आव सरकारले वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई ५८ अर्ब ६७ करोड रुपैयाँ र स्थानीय तहलाई ८७ अर्ब ३५ करोड रुपैयाँ गरी १ खर्ब ४६ अर्ब २ करोड हस्तान्तरण गर्ने बजेटमा उल्लेख छ ।

सरकारको यो निर्णयपछि प्रदेश र स्थानीय तहले पाउनुपर्ने ३७ अर्ब ८० करोड अनुदान कटौती हुन पुग्छ । त्यसमध्ये स्थानीय तहको २२ अर्ब ६१ करोड र प्रदेशको १५ अर्ब १८ करोड हुन आउँछ ।

स्थानीय तहका संघ, महासंघका तर्कअनुसार गत आव २०७९र८० मा पनि अन्तिम किस्ताको २५ प्रतिशत वित्तीय समानीकरण अनुदान कटौती भएको थियो ।

त्यसो गर्दा गत वर्ष नै स्थानीय तहले पाउनुपर्ने ६ अर्ब रुपैयाँ पाएका थिएनन् । नेपाल नगरपालिका संघ कार्यकारी अधिकृत कलानिधि देवकोटाका अनुसार चालु आवमा स्थानीय तहले गत आवको दायित्व बोकिरहेका छन् ।

संविधान र संघीयतामाथि प्रहार

नेपालको संविधान २०७२ को धारा २५१ ले संघीय सञ्चित कोषबाट प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने समानीकरण अनुदान सम्बन्धमा सिफारिस गर्ने अधिकार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई दिएको छ ।

आयोगले संविधानप्रदत्त अधिकार प्रयोग गर्दै हरेक वर्ष समानीकरण अनुदानलगायत अनुदान र राजस्व बाँडफाँट सिफारिस गर्दै आएको छ ।

तर, तल्ला तहका सरकारलाई संविधानले नै प्रदान गरेको अधिकारमाथि विनियोजन ऐनले कैंची चलाउनु संघीयतामाथि नै प्रहार भएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग अध्यक्ष बालानन्द पौडेल बताउँछन् ।

बालानन्द पौडेल ।
‘सरकारले ल्याएको चालु आर्थिक वर्षको विनियोजन ऐनमै अन्तरसरकारी वित्तीय हस्तान्तरणको रकम संकलित राजस्वको अनुपातमा पुनः निर्धारण गर्न सक्ने व्यवस्थाले संघीयताका मर्म र संवैधानिक अधिकारमा प्रहार गरेको छ,’ पौडेलले भने, ‘सरकारले ल्याएको र संसदले पास गरेको ऐनले समानीकरण अनुदानमा संघ सरकारको नियन्त्रणमा राखेको छ, यसमा संसदले क्रस गर्नुपर्दथ्यो ।’

आफूले संसदको अर्थ समिति बैठकमा यो विषय उठाएको स्मरण उनले गरे । ‘संघीय सरकारले बजेटका पूर्वानुमान गर्न नसक्ने र त्यसको दोष प्रदेश र स्थानीय तहले लिनपुर्ने रु,’ उनले प्रश्न गरे ।

संघीयता कार्यान्वयन गर्ने सम्बन्धमा केन्द्र सरकारको नियतमै प्रश्न रहेको संघीयता विज्ञ डा। खिमलाल देवकोटाले बताए । ‘अहिले पनि स्थानीय तह र प्रदेशलाई हेर्ने केन्द्र सरकारको दृष्टिकोणमै खोट छ,’ उनले भने ।

संघीयतासँगै राज्यको शक्ति संघ, प्रदेश र स्थानीय तहमा बाँडफाँट भएको भन्दै उनले उक्त शक्ति परिचालन गर्न र जनतालाई सरकारको अनुभूति दिलाउन चाहिने महत्त्वपूर्ण कुरा अनुदान नै संघीय सरकारले रोक्नु गलत रहेको उनले बताए ।

‘राजस्वको अधिकार संघमा केन्द्रित छ, तर जनतालाई छुने अधिकांश काम स्थानीय तहले गर्छ । अहिले तल जति लोड माथि छैन तर बजेटमा किन केन्द्रिकृत मानसिकता छ भने माथिको सरकारको नियत नै खोटो छ,’ उनले भने ।

राष्ट्रिय सभाका पूर्वसदस्य समेत रहेका देवकोटा स्थानीय तहले गर्ने साना काम गर्न पनि संघीय सरकारले मन्त्रालय राखिरहेको बताउँछन् ।

‘५–१० लाखका टुक्रे कार्यक्रम राखेर संघका केही मन्त्रालय बसिरहेका छन् । सय मिटर ढल, २ सय मिटर बाटोमा संघको खिचातानी छ । केन्द्रमा अनावश्यक संरचना राखेर खर्च गर्न हुने, प्रधानमन्त्री, मन्त्रीको क्षेत्रमा करोडौं बजेट पठाउन हुने तर जसले काम गर्ने हो उही सरकारलाई राजस्व उठेन भनेर कटौती गर्नु जति खराब नियत केही होइन,’ देवकोटाले भने ।

स्थानीय तहमा बजेट नपठाउने बहानाको सट्टा संघ सरकारले टुक्रे योजना छाड्नुपर्ने, प्रभावशाली सांसद केन्द्रित बजेट पठाउन छाड्नुपर्ने र संघका अनावश्यक कार्यालय स्थानीय तहमा हस्तान्तरण गर्नुपर्ने देवकोटाले बताए ।

स्थानीय तहले सिंहदरबार घेर्ने तयारी गरेपछि प्रधानमन्त्रीले भने– म संघीयता विरोधी होइन, अनुदान पठाउँछु

संघीय सरकारले चालू आव बजेटमा सुरुको विनियोजन भएअनुरूप नै समानीकरण अनुदान स्थानीय तह र प्रदेशलाई पठाउने प्रतिबद्धता प्रधानमन्त्री पुष्पकमल प्रचण्डले गरेका छन् ।

नेपाल नगरपालिका संघ अध्यक्ष भीम ढुंगाना र गाउँपालिका राष्ट्रिय महासंघ अध्यक्ष लक्ष्मीदेवी पाण्डे बोलाएर प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिबद्धता गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com