ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साढे तीन सयलाई तत्कालै रोजगारी दिइने


एबीसी न्यूज

काठमाडौं २३ जेठ । पोखरामा भएको श्रमाधान रोजगार मेलामार्फत रोजगारदाताले तत्कालै साढे तीन सय जनालाई रोजगारी दिने भएका छन् । मेलामा स्टल राखेका रोजगारदाताले रोजगारी दिने पदबारे लिखित जानकारी दिएको र योग्य कामदारलाई तत्काल रोजगारी दिने आयोजकले जनाएको छ ।

श्रम तथा रोजगार कार्यालय पोखराका प्रमुख वरिष्ठ श्रम अधिकृत सुरेश ढकालले दुईदिने मेला भव्यताका साथ सम्पन्न भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मेला रोजगारी दिने र रोजगारी खोज्नेबिचको पुल बनेको छ ।”

मेलामा रोजगारीका लागि फाराम भरेकालाई पछि सम्बन्धित कम्पनीले बोलाउने छन् । सोही आधारमा उनीहरूले रोजगारी पाउने कम्पनीले जनाएका छन् । श्रम मन्त्रालयका उपसचिव एवं गण्डकी प्रदेशका मेला संयोजक शारदा भण्डारीले आगामी वर्ष तीन तहकै सरकारले मिलेर एकै पटक मेला गर्ने योजना सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “मेलाले विशेष गरी रोजगारदाता र रोजगारी खोज्नेबिच देखिने गरेको खाडल पुर्न महत्वपूर्ण काम गरेको छ । अर्को वर्ष तीन तहकै सरकार मिलेर एकै पटक मेला गर्ने योजना छ ।” सङ्घीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

मेलामा मङ्गलबार रोजगार क्षेत्रका समस्या र सम्भावनाबारे सरोकारवालाले छलफल गरेका छन् । कार्यक्रममा ‘पर्यटनले कोर्नुपर्ने बाटो’ शीर्षकमा धर्मराज पन्थी, लक्की क्षेत्री र वासु त्रिपाठीले बहसमा भाग लिनुभएको छ । उहाँहरूले पर्यटन राजधानी घोषणा भएको पोखरामा त्यसका लागि आवश्यक बजेट व्यवस्था गरी रोजगारी सिर्जना र समृद्धिमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

अर्को सत्रमा सहभागीले ‘श्रम कानुनका अप्ठ्यारा र फुकाउनुपर्ने गाँठा’ बारे विचार राखे । पोखरा उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष गोकर्ण कार्की, उद्यमी विक्रम कर्माचार्य र हस्तकला व्यवसायी रामकली खड्काले नेपालको श्रम कानुनमा रहेको केही कठिनाइ फुकाउन बाँकी रहेको बताउनुभयो ।

मेलामा सरोकारवालाले ‘रोजगारी र शिक्षाका लागि कार्यस्थलमा आधारित सिकाइ’ बारे छलफल गरेका छन् । गण्डकीको मेलामा छ विषयमा प्यानल डिस्कसन, आठ शीर्षकमा काउन्सिलिङ भएको छ । मेला पाँच हजारभन्दा बढीले अवलोकन गरेका छन् ।

होटल सङ्घ नेपाल ९हान० को संयोजनमा भएको मेलाका सहआयोजकमा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घलगायतका संस्था छन् ।

मेलामा आप्रवासी स्रोत केन्द्र, वैदेशिक रोजगार विभाग, बोर्ड, सिजी ग्रुप, सामाजिक सुरक्षा कोष, एनएमबी बैङ्क, पोखरा महानगर, होङ्सी सिमेन्ट, नेपाल उद्योग वाणिज्य महासङ्घ, होटल सरोवर, नेपाल उद्योग परिसङ्घलगायतका कुल ४२ स्टलहरू थिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com