ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले कोशी कटानसम्बन्धी समस्याको दिगो समाधान खोज्नुपर्छ : सांसद कार्की


एबीसी न्यूज

काठमाडौं २३ जेठ । नेपाली कांग्रेसका सांसद एवम् पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बर्षातमा हुने कोशी कटानको समस्या स्थायी रूपमा समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

वर्षातमा कोशी कटानका कारण स्थानीय जनताले ठुलो कष्ट हरेक वर्ष व्यहोर्नु परेको उल्लेख गर्नुहुँदै उहाँले ती समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभएको हो । बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्नुहुँदै सांसद कार्कीले सुनसरीको टप्पुगैरिया, माझीटोल, सिसौली, जलाल, पुल्ठेगौठा, जब्दी, ठाकुरबारी, राजाबास आदि ठाउँका जनताहरू कोशी कटानबाट सधैँ पीडामा बस्नु परेकाले पनि सरकारले सो समस्याको समाधानमा विशेष पहल लिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘वर्षा सुरु हुनासाथ सुनसरी जिल्लाको वाराह क्षेत्र नगरपालिकाको खास गरेर टप्पुगैरिया, माझीटोल, सिसौली, जलाल, पुल्ठेगौठा, जब्दी, ठाकुरबारी, राजाबास आदि ठाउँका जनताहरू कोशी कटानबाट उत्पन्न हुने खतराबाट सधैँ त्रसित भएर बस्नुपरेको छ । विगतको वर्षमा पनि कोशी कटानबाट त्यहाँका जनताले असैह्य पीडा भोग्नु परेको अवस्था छ । तसर्थ, म सरकारसँग सभामुखमार्फत त्यो कोशी कटानको स्थायी समाधानका निमित्त सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छु ।’’

सांसद कार्कीले वर्षातमा हुने कुनैपनि विपद् तत्काल व्यवस्थापनका लागि सरकारले आवश्यक तयारीको कामलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने आवश्यकता पनि औँल्याउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com