ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा अब गठबन्धन सरकार, कांग्रेस १०० सिट पार


एबीसी न्यूज

काठमाडौं २२ जेठ । भारतको लोकसभा निर्वाचनको मत गणना मंगलबार बिहानैदेखि चलिरहेको छ । अहिलेसम्म जम्मा तीन सिटको टुंगो लागेको छ, बाँकी ५४० मा गणना चलिरहेको छ । त्यसैले कुन दलले कति सिट जित्छ भन्न हतार हुन्छ ।

तर अहिलेसम्मको रुझान हेर्दा केही कुरा प्रष्ट भएको छ ।

४०० होइन, २७२ पार होला ?

१० वर्ष भारत सरकारको नेतृत्व गरेको भारतीय जनता पार्टी ९भाजपा०ले यो पटक ४०० पारको नारा दिएको थियो । २०१९ मा एक्लै ३०३ सिट जितेको भाजपा नेतृत्वको एनडीए गठबन्धनको ३५३ सिट जितेको थियो । त्यसैले भाजपा नेताहरुले यो पटक एनडीए गठबन्धनले ४०० सिट जित्ने दाबी गरेका थिए । मतदान सकिएको दिन सार्वजनिक भएका एक्जिट पोलहरु समेत एनडीए गठबन्धनले ३५० देखि ४०० सम्म जित्ने दाबी गरिएको थियो ।

तर मंगलबार बिहान जब मतगणना सुरु भयो, ४०० पारको मोदी लहरको छनक देखिएन । विपक्षी गठबन्धनले कडा टक्कर देखिएको देखियो र सुरुवाती रुझानबाट मोदी र एनडीएको यो पटक ४०० पारको नारा फेल खायो ।

मतगणनाका क्रममा एनडीए गठबन्धनले एक समय ३०० भन्दा बढी सिटमा अग्रता लिएको थियो ।

त्यसैले ४०० नभएपनि ३०० पार होला भन्ने प्रश्न देखियो । तर त्यो पनि धेरैबेर टिक्न सकेन । पछिल्ला केही घन्टामा एनडीए गठबन्धनको अग्रता ३०० मुनी नै रह्यो ।

पछिल्लो समय एनडीए गठबन्धनको अग्रता बहुमत क्रस छ, तर ३०० पुगेको छैन । बीबीसी हिन्दीका अनुसार हाल २९५ सिटमा एनडीए गठबन्धनको अग्रता छ भने विपक्षी गठबन्धनको २३१ र अरुको १७ सिटमा अग्रता छ ।

अब गठबन्धन सरकार

पछिल्लो १० वर्षमा चुनाव अगाडि नै एनडीए गठबन्धन बनाएका कारण मोदी सरकारमा अरु दल पनि थिए, तर २०१४ र १०१९ मा भाजपा एक्लैले प्रष्ट बहुमत ल्याएको थियो । त्यसैले सरकार गठबन्धन सरकार जस्तो थिएन ।

यो पटक भाजपाको एक्लै बहुमत आउने छैन । जारी मतगणना अनुसार भाजपा २४२ सिटमा अगाडि छ ।

विपक्षी गठबन्धन बनाएको कांग्रेस १०० सिटमा अगाडि छ । अर्थात भारतमा अब साँच्चैको गठबन्धन सरकार बन्नेछ ।

अहिलेसम्म हेर्दा एनडीए गठबन्धन बहुमत ९२७२० भन्दा बढी सिटमा अगाडि रहेकाले मोदीकै नेतृत्वमा गठबन्धन सरकार बन्ने सम्भावना छ । तर एनडीए गठबन्धनमा रहेका चन्द्रबाबु नायडूको तेलगु देशम पार्टी १६ र नितिशकुमार नेतृत्वको जनता दल युनाइटेड १३ सिटमा अगाडि छन् । २२ सिटमा अरु दल छन् ।

एनडीए गठबन्धनमा रहेका केही दलले कित्ता परिर्वतन हुने भने अर्को सरकार पनि बन्नसक्छ ।

कांग्रेस १०० सिट पार १

लोकसभा चुनावमा कांग्रेसले ठूलो छलाङ मारेको छ । २०१४ मा ४४ सिट जितेको कांग्रेसले २०१९ मा ५२ सिट जितेको थियो ।

यो पटक विपक्षी दलहरुसँग मिलेर इण्डिया गठबन्धन बनाएको कांग्रेसले ठूलो फड्को मार्ने पक्का देखिएको छ । हाल कांग्रेस १०० सिटमा अगाडि छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com