ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रिङरोड बाहिरका काँठ बस्ती होमस्टे सञ्चालन गर्न उपयुक्त : पर्यटनमन्त्री


एबीसी न्यूज

काठमाडौं २१ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले काठमाडौं उपत्यका नजिक रिङरोड बाहिरका काँठ बस्तीमा होमस्टे ९घरबास० कार्यक्रम सञ्चालन गर्न उपयुक्त हुने बताएका छन् ।

हाँडीगाउँ सामुदायिक होमस्टे ९घरबास० को वार्षिकोत्सव र नयाँ होमस्टे घर उद्घाटन कार्यक्रममा बोल्दै उनले सहरभन्दा नजिक उपत्यकाका काँठ क्षेत्रमा होमस्टे कार्यक्रम विस्तार गर्न सकिने सम्भावना रहेको बताए ।

विदेशी तथा स्वदेशी पर्यटकलाई लोकल तथा अग्र्यानिक खानाको स्वादसँगै मौलिक कला, संस्कृति देखाएर आर्थिक लाभ लिन सकिने उनले बताए ।

मन्त्री तामाङले होमस्टेलाई व्यवस्थित तथा प्रभावकारी र उद्देश्यमूलक बनाएर सञ्चालन गर्न समेत निर्देशन दिए ।

सहरी क्षेत्रमा रहेका घरमा समेत आगन्तुक पाहुनालाई खाना र बासको व्यवस्था मिलाउने तथा सत्कार सेवा बापत निश्चित रकम लिने गरी होमस्टे सञ्चालन गर्न सकिन्छ भन्ने हाँडीगाउँ होमस्टेले प्रमाणित गरेको उनको भनाइ छ ।

काठमाडौं रिङरोड बाहिरका काँठ क्षेत्रमा खेती गर्ने, पशुपालन गर्ने र गाईवस्तुको मलबाट तरकारी फलाउने गरिने भन्दै उनले त्यसलाई उपयोगमा ल्याएर ती बस्तीमा होमस्टे सञ्चालन गर्नुपर्ने बताए ।

नेपाल आउने पर्यटकलाई स्थानीय रीतिरिवाज सिकाउने यो सबैभन्दा प्रभावकारी माध्यम भएको उनले बताए ।

पर्यटकीय सम्भावना भएका गाउँ सहरको पर्यटन प्रवर्द्धनका लागि होमस्टेलाई उपयोग गर्नुपर्ने भन्दै मन्त्री तामाङले मन्त्रालयले होमस्टे कार्यक्रमको प्रवद्र्धन, सञ्चालन तथा विस्तारमा सहयोग पुर्‍याउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा हाँडीगाउँ सामुदायिक होमस्टेका अध्यक्ष शकुन्तला घिमिरेले ११ वटा घरबाट सञ्चालन गरिएकोमा हाल २७ वटा घर आबद्ध भएको र ५० घर पुर्‍याउने योजना रहेको बताइन् ।

हाँडीगाउँ आफैंमा इतिहास बोकेको स्थान भएको भन्दै उनले यहाँको स्थानीय परिकारसँगै पाहुनालाई मौलिक संस्कार सस्कृति र पहिरनका साथ सत्कार गर्ने गरिएको बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com