ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वोच्चले खोजेको रवि लामिछानेविरुद्ध कास्की प्रहरीमा परेको जाहेरी (निवेदनसहित)


एबीसी न्यूज

काठमाडौं २१ जेठ । पोखरास्थित सूर्यदर्शन सहकारीका पीडितहरूले गृहमन्त्री रवि लामिछानेसहित ४ जनाको नाम र ठेगाना नै किटान गरी गएको माघ २२ गते कास्की प्रहरीमा जाहेरी दिएका थिए। सुरुमा प्रहरीले जाहेरी लिनै आनाकानी गरेको थियो। तर, पछि प्रहरीले सहकारी पीडितले यसअघि नै निवेदन दिइसकेको र पूरक निवेदन पनि आउने क्रममा रहेकाले यो निवेदनलाई पनि सोही प्रक्रियाअन्तर्गतकै कागजातका रूपमा बुझेको थियो।

२५ जना पीडितले हस्ताक्षर र ल्याप्चे लगाई पेस गरेको निवेदनको एक नम्बरमा नै रविको नाम छ। सहकारी ऐन र ठगीसम्बन्धी कानुनका आधारमा दिइएको निवेदनको कसुर गर्ने व्यक्तिको नाम, थर ठेगाना भन्ने शीर्षकमा स्थायी ठेगाना काठमाडौँ जिल्ला कामनपा वडा नम्बर ६, वर्ष ४८ को रवि लामिछाने ९गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक, सूर्यदर्शन सहकारीमा खाता नम्बर १०३९०००६६७५७ भएको ० भन्ने किटानी गरिएको छ।

यस्तै उनीसँगै पूर्वसञ्चालक समिति अध्यक्ष ज्ञानबहादुर बमजन, खाता नम्बर ११६–०००३०७१ भएका नेत्रपाणि बास्तोला,नन्दकिशोर पुनका छोरा दीपेश पुन ९खाता नम्बर ११६(०००३०७१० विरुद्ध पनि त्यहाँको रकम हिनामिना गरेको भन्दै किटानी जाहेरी दिइएको छ।

 

पीडितहरूका अनुसार प्रहरीले सुरुमा व्यक्तिको नाममा किटानी जाहेरी लिँदा ठेनानासहित हुलिया खुलाउनुपर्ने माग गरेपछि दुःख गरेर उनीहरूको ठेगाना र हुलिया पत्ता लगाइएको थियो। कम्पनीको हकमा भने ठेगाना नचाहिने भएकाले सोझै उजुरी दिइएको पनि उनीहरूको भनाइ छ।

कृष्णप्रसाद जैसी, भीमा त्रिपाठी, भीमबहादुर रानाभाट, जमुना भण्डारी, विक्रम कँडेल, देवकी दाहाल, लक्ष्मी अधिकारीलगायतले आफ्नो बिगो बराबरको रकम सहकारीका संस्थापक, सञ्चालक, लेखा समितिका सदस्य, विभिन्न कम्पनी र कम्पनीका प्रबन्ध निर्देशक तथा ऋणी स्वयंको समेत मिलेमतो र संलग्नतामा आफूखु्सी दु्रुपयोग गरी व्यक्तिको नाममा जग्गा तथा सम्पत्ति खरिद गरी त्यसबाट ठूलठूला भवन निर्माण गर्नाका साथै विलासी जीवनयापनमा खर्च गरी हामी हामी बचतकर्ताको रकम फिर्ता नगरेकाले किटानी जाहेरी दिएको उल्लेख गरेका छन्।

निवेदनमा अगाडि भनिएको छ,‘प्रकरण ३ मा उल्लेखित रवि लामिछानेलगायतका व्यक्ति तथा संस्थाका पदाधिकारीलाई यथाशीघ्र पक्राउ गरी सहकारीसम्बन्धी कसुरमा अनुसन्धान गरी प्रस्तुत कसुरमा अन्य कोही कसैको संलग्नता भए निजहरूबाटै खुलाई निजहरूलाई सहकारी ऐन २०७४ तथा मुलुकी अपराध संहिता २०७४ को ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ ९एक्सटर्सन ० सम्बन्धी कसुरअन्तर्गत हदैसम्मको सजाय गरी हामी जाहेरीवाललगायत अन्य पछि पीडित बनी रकम जम्मा गरेको प्रमाणसहित आधार प्रमाणसहित उपस्थित हुने बचतकर्ताको रकमको सावाँ(ब्याजलगायतको क्षतिपूर्ति निज प्रतिवादीहरूबाटै दिलाई–भराई न्याय दिलाइ पाऊँ।’

पीडित बचतकर्ताले गोर्खा मिडिया प्रालि काठमाडौँ, नेचर हर्व प्रालि काठमाण्डौ, नेचर नेस्ट प्रालि काठमाडौँ, वारिसान इन्फओमेसन टेक्नोलोजी काठमाडौँ, स्प्रङउड रियल स्टेट एन्ड हाउजिङ प्रालि काठमाडौँ, चोनी क्यापीटल प्रालि काठमाडौँ, चेनी क्यापिटल प्रालि काठमाडौँ, ग्रीजी स्पुन प्रालि काठमाडौँ, गोर्खा ग्रुप इन्भेस्टमेन्ट प्रालि काठमाडौँ, स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी, न्युरोड काठमाडौँ, सानो पाइला बचत तथा ऋण सहकारी वीरगन्ज, साहारा बहुउद्देश्यीय सहकारी चितवन, सुप्रिम बचत तथा ऋण सहकारी बुटवल, जिनी ग्रुप अफ कम्पनी प्रालि काठमाडौँ, गोर्खा आयुर्वेदिक प्रालि काठमाडौँविरुद्ध पनि किटानी जाहेरी दिइएको छ।

निवेदकहरूले २०८० माघ २१ गते सूर्यदर्शन सहकारीको पोखरा(४ नालाकोमुखस्थित कार्यालयमा गई बुझ्दा ठगी भएको एकिन भएको पनि जिकिर गरेका छन्।

उनीहरूले कसरी आफूहरूको रकम हिनामिना भयो भन्ने विवरण खुलाउँदै गरिएको फिरादमा ‘सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पदाधिकारी र कर्मचारीहरूले हामी जाहेरवालाहरूलाई सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट सहकारीमा बचत तथा शेयर राख्दा उल्लेखनीय फाइदा पुग्छ,

आर्थिक कारोबार गर्न तथा आफूलाई आवश्यक परेको बेला तुरुन्त रकम झिक्न सक्नुहुन्छ भनी विभिन्न किसिमबाट कुरा गरी आश्वासन देखाएर विश्वास दिलाएका कारण हामी जाहेरवालाहरूलगायत हजारौँ मानिसहरूले उक्त सहकारी संस्थामा साधरण तथा मुद्धति खातामा वा सेयर सदस्य बनी रकम जम्मा गर्दै आएकोमा पछिल्ला दिनहरूमा हामी जाहेरवाला समेतका मानिसहरूले सहकारीमा जम्मा गरेर राखेको पैसा ९रकम० निकाल्नको लागि संस्थामा गई भौचर भरी पेस गर्दा सहकारीमा पैसा नभएको भनि कर्मचारीहरूले पटकपटक फर्काउने गर्न लागेपछि हामीले संस्थामा जम्मा गरेको रकम कतै कर्मचारी र पदाधिकारीहरूको मिलेमतोमा हिनामिना त भएको छैन भन्ने विषयमा बुझ्दै जाने क्रममा उक्त सहकारी संस्थाले रकम हिनामिना भएको भन्ने थाहा हुन आएको र सहकारी संस्थाको विभिन्न पदमा रहे बसेका पदाधिकारीहरू,

कर्मचारीहरू विभिन्न कम्पनीहरू र विभिन्न शीर्षकमा विभिन्न व्यक्तिहरूले पैसा लगेको र लामो समयसम्म पनि पैसा फिर्ता नगरेको हुँदा हामी बचतकर्ताहरूले जम्मा गरेको रकम आफूखुसी रूपमा आपसमा सरसल्लाह गरेर बाँडीचुँडी हिनामिना गरेर सोही रकमबाट आआफ्नो व्यक्तिगत सम्पत्ति तथा जग्गा खरिद र उद्योगधन्दा सञ्चालन गरी गरी त्यसबाट ठूलाठूला भवनहरू निर्माण गर्नुका साथै विलासी जीवनयापनमा खर्च गरी रकम हिनामिना गरेको भन्ने थाहा भएपश्चात् हामीहरूले यस सम्बन्धमा आवश्यक छानबिन गर्न पोखरा महानगरपालिका सहकारी ९विभाग० शाखा पोखरामा उजुरी गरेपछि उक्त महानगरपालिकाको सहकारी विभागबाट विभिन्न चरणमा छानबिन भएको र सञ्चालक समेतको मिलोमतोमा प्रकरण नं। ३ मा उल्लेखित व्यक्तिहरूले हामी बचतकर्ताको रकम अपचलन गरी ठगी गरेको कुरा विज्ञहरूको अनुसन्धान तथा प्रतिवेदनबाट एकिन भएको’ भनिएको छ।

उनीहरूले निवेदनमा सबुद प्रमाणस्वरूप आफूहरूले रकम जम्मा गरेको स्टेटमेण्ट स्लिप,जीबी ग्रुप अफ कम्पनीको भ्याट नम्बर जीबी ग्रुपअन्तर्गतकै जलवा इन्टरनेसनल प्रालिको भ्याट नम्बर,स्प्रिङउड रियलस्टेट प्रालिको भ्याट नम्बर,पोखरा महानगरपालिको सहकारी महाशाखाको कर्जाको वित्तीय प्रतिवेदन,ग्यालेक्सी टेलिभिजनरगोर्खा मिडिया प्रालिले सूर्यदर्शन सहकारीसँग गरेको ३० करोडको सेयर तमसुक, पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरुङले सम्मानित अदालतमा गरेको बयानको प्रतिलिपि,पोखरा महानगरपालिकाको सहकारी शाखाको वित्तीय प्रतिवेदनमा रवि लामिछानेले लिएको कर्जा विवरण प्रतिलिपि पेस गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com