ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कान्तिपुर सहकारीका सीबी लामाविरुद्ध ९५२ बचतकर्ताको जाहेरी


एबीसी न्यूज

काठमाडौं २१ जेठ । कान्तिपुर बचत तथा सहकारीका पूर्वअध्यक्ष सीबी लामा भनिने चन्द्रबहादुर तामाङविरुद्ध करिब एक हजार बचतकर्ताको रकम ठगी गरेको भन्दै जाहेरी परेको छ । प्रहरीका अनुसार सीबीविरुद्ध १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार हिनामिना गरेको आरोपमा ९ सय ५२ जनाले उजुरी दिएका हुन् ।

कान्तिपुर सहकारीका सीबी लामाविरुद्ध ९५२ बचतकर्ताको जाहेरी

सहकारीमा राखेको बचत फिर्ता नपाएपछि एक हजारभन्दा बढी बचतकर्ताले उनलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन र हिनामिना भएको बचत फिर्ताको माग गर्दै प्रहरी गुहारेका थिए ।

त्यसपछि काठमाडौं प्रहरी वृत्त नयाँ बानेश्वरले सीबी संलग्न कान्तिपुर सहकारीको फाइल खोलेको थियो । काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई शुक्रबार चितवनको नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो । २०५५ देखि २०७६ पुस २४ सम्म कान्तिपुर सहकारीको अध्यक्ष रहेका सीबीले नेतृत्वमा रहेकै बेला सहकारीको रकम अपचलन गरेका तथ्यहरू भेटिएको र त्यसकै आधारमा अनुसन्धान अघि बढाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए ।

जिल्ला अदालत काठमाडौंले सीबीविरुद्ध २०८० फागुन २० मा पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि बानेश्वर वृत्तले उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा खोजी थालेको हो ।

काभ्रेको तेमाल–५, नारायणस्थान स्थायी ठेगाना भएका सीबी काभ्रे कांग्रेसका पूर्वकोषाध्यक्ष तथा २०७४ को प्रदेशसभा निर्वाचनमा काभ्रे–१ ९क० बाट उम्मेदवार थिए । उनी हाल कांग्रेस महासमिति सदस्य पनि हुन् । २०४९ सालमा विज्ञापन एजेन्सीमा कार्यरत उनी २०५२ भदौमा तत्कालीन स्थानीय विकास मन्त्रालयअन्तर्गत प्राविधिक सहायक ९ओभरसियर० का रूपमा ८ महिना काम गरेर थिए ।

त्यसपछि कान्तिपुर सहकारीमा आबद्ध रही २१ वर्षसम्म अध्यक्ष रहे । त्यसको ४ वर्षपछि २०५९ मा तीनकुनेमा कान्तिपुर एकेडेमी अफ हेल्थ साइन्सका रूपमा कान्तिपुर अस्पताल सञ्चालनमा आएको थियो । सहकारीको रकम अस्पतालमा लगेर दुरुपयोग गरेकामा पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ । उनी पशुपति सहकारीका पनि अध्यक्ष थिए । एउटै व्यक्ति दुई वटा सहकारीको अध्यक्ष हुन नपाउने व्यवस्थापछि कान्तिपुर सहकारी छोडेका थिए ।

प्रहरीका अनुसार २०८० कात्तिकमा पशुपति सहकारीलाई सरकारले समस्याग्रस्त घोषणा गरेपछि ५४ जनाले उनीविरुद्ध उजुरी दिएका थिए । करिब १२ करोड अपचलन भएको उजुरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० मा विचाराधीन छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पशुपति सहकारीसहितको अनुसन्धान गर्न सीआईबीमा पत्राचार गरेको थियो । एसएसपी भट्टराईका अनुसार आरोपित सीबीविरुद्ध चेक बाउन्स प्रकरणमा ४ वटामा बैंकिङ कसुरको मुद्दा छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै बैंकिङ कसुरको अनुसन्धान पनि एकसाथ अघि बढ्ने प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com