ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सत्तरी प्रतिशत कर्मचारी हाजिर


admin

पोखरा, ११ फागुन । नयाँ प्रादेशिक संरचनाअनुसार पोखरास्थित प्रदेश नं ४ का कार्यालयमा खटाइएका ७० प्रतिशतभन्दा बढी कर्मचारीले आफ्नो कार्यक्षेत्रमा पुगी जिम्मेवारी सम्हालिसक्नुभएको छ ।

तत्कालीन आवश्यकतालाई दृष्टिगत गरी सामान्य प्रशासन मन्त्रालयले प्रदेश नं ४ मा २२० दरबन्दी निर्धारण गरेकामा १३७ कर्मचारीलाई विभिन्न मन्त्रालय एवं कार्यालयका लागि खटाइसकेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता झलकराम सुवेदीका अनुसार हालसम्म खटाइएकामध्ये १०५ कर्मचारी सम्बन्धित मन्त्रालय एवं कार्यालयमा पुगी जिम्मेवारी सम्हाल्नुभएको छ भने अन्य आउने क्रममा हुनुहुन्छ ।

सामान्य प्रशासन मन्त्रालयले प्रदेश नं ४ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा २१, प्रदेश प्रमुखको कार्यालयमा १८, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा २३, आर्थिक मामिला तथा योजना मन्त्रालयमा १८ कर्मचारीको दरबन्दी तोकेको छ ।

त्यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालयमा २४, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा २०, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा ३० र प्रदेशसभा सचिवालयमा २८ जना कर्मचारीको दरबन्दी तोकिएको छ ।

नयाँ प्रादेशिक संरचनाअनुसार आवश्यक व्यवस्थापन कार्य भइरहेको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

आठौं स्थापना दिवसमा आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन सुरु, पहिलोपटक सांकेतिक भाषाको प्रयोग

बुर्तिबाङ बजारको फोहर व्यवस्थापनमा समस्या

बर्खा लाग्न थालेपछि हुल्दीवासीलाई ज्यान जोगाउने चिन्ता

ब्युँतिएला गोरखकाली रबर उद्योग ?

धललागिरि अस्पतालमा मेरुदण्डको शल्यक्रिया

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com